खोटाङ । सामान्य बादबिबादमा धकेलेर लडाउदा खोटाङमा एक बृद्धको मृत्यु भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा का २९ बर्षीय मन कुमार राईले धकेल्दा सोही स्थानका ६९ बर्षीय हरीप्रसाद राई रहेको मृत्यु भएको हो ।
यही जेठ १९ गते राती ११ बजे आपसी बिवाद हुँदा धकेलेर लडाउदा घाईते भएका हरी प्रसादको न्युरो अस्पताल काठमाडौंमा उपचारको क्रममा हिजो राती १ बजे मृत्यु भएको बताइएको छ । घटनामा सम्लग्न राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङको नियन्त्रणमा छन् ।
बादबिबादको क्रममा धकेलेर लडाउदा एक बृद्धको मृत्यु

































































































