झापा २६ बैशाख । संविधानसभाबाट संविधान जारी भएपछि संवैधानिक व्यवस्था अनुसार भएको स्थानीयको निर्वाचनमा अल्पसंख्यकमा सूचीकृत सन्थाल समुदायका दुई जनाले पालिकाको उपप्रमुख पदको आकांक्षा देखाउँदै मनोनयन दर्ता गरेका छन् । पालिकाको उपाध्यक्ष पदको आकांक्षा राख्दै मनोनयन दर्ता गर्नेमा एक महिला र एक पुरुष रहेका छन् ।
गौरीगञ्ज–१ निवासी रानी सोरेनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वार बनाएको हो । ३६ वर्षीय सोरेन जिल्लामै सन्थाल समुदायकी एक्ली महिला उम्मेद्वार हुन् ।
उपाध्यक्षको उम्मेद्वार दर्ता गरेका प्रतिस्पर्धामा होमिएकी सोरेन कन्काइ बहुमुखी क्याम्पस सुरुड्गाबाट कक्षा १२ सकेर त्यहि क्याम्पसमा हाल स्नातक तह द्वितीय बर्षमा अध्ययनरत छिन् ।
यता झापाको हल्दिबारी गाउँपालिकामा पालिकाको उपाध्यक्ष पदमा लखन हेमरमले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । यसअघि नेपाली कांग्रेसको पार्टी राजनीतिमा सक्रिय हेमरमले गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिएका हुन् । हेमरमलाई निर्वाचन कार्यालय मुडा चुनाव चिन्ह्र दिएको छ ।
पालिका उपाध्यक्षका आकांक्षी सन्थाल समुदायका दुई उम्मेद्वार

































































































