Homeसमाचारकचनकवलमा गठबन्धनको प्रचार प्रशारको पहिलोचरण सम्पन्न

कचनकवलमा गठबन्धनको प्रचार प्रशारको पहिलोचरण सम्पन्न

भद्रपुर २६ बैशाख । स्थानीय तह निर्वाचनका लागि कचनकवल गाउँपालिकाकामा सहकार्य गरिरहेका दलहरूको गठबन्धनको पहिलो चरणको घरदैलो सम्पन्न गर्दै अन्तिम चरणका लागि प्रचार प्रसारलाई तीव्र पारेको छ ।
आदिवासी बाहुल्य ऐतिहासिक पहिचान बोकेको कचनकवलकोे समृद्धिको खाका सहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस र नेकपा एमाले पार्टीको सम्युक्त गठबन्धनले गाउँपालिकाका सवै वडा र टोलहरूमा रहेका घर घरमा मतदाता भेटघाट गर्दै मतदानका लागि प्रचार प्रसार तीव्र गतिमा बढाएकोे हो ।
घरदैलो कार्यक्रम अन्र्तगत गाउँबासीका घर घरमा भेटघाट गरिरहेका अध्यक्षका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशीले प्रशासनिक पारदर्शिता सहित भष्टाचार सून्य नीति लिएर विकास निर्माणका लागि इमान्दार रहने बाचा गरेका छन् । जनप्रतिनिधिले विभेद रहित सेवा दिने वातावरण निर्माण गरी कृषिको समुन्नति र प्राविधिक शिक्षाको माध्यमबाट नागरिकको जीवन शैली उकास्ने गरी आफ्नो कार्यकालमा सेवा प्रवाहमा जुट्ने बचन समेत दिएका राजवंशीले कृषि उपजको सहज बजारीकरण, अन्न बाली तथा पशु विमा कार्यान्वयनलाई पहिलो प्राथमिकता बनाएका छन् ।
यस्तै उपप्रमुखका उम्मेदवार नवराज भट्टराईले कचनकवलको विकासका लागि भ्रष्टाचार रहित सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै शक्तिका आडमा भइरहेका चुहावट रोकेर गाउँ बासीको जीवन स्तर उकास्न प्रतिबद्धता व्यक्त गरेका छन् । विकट बस्तीको जीवन स्तर उकास्न समावेशी सहकार्यको सिद्धान्त अपनाउने भन्दै भट्टराईले गउँ प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाएर नागरिककोे कामलाई सहज ढंगले सम्पादन गर्ने बाचा गरेका छन् ।
३० हजार २ सय २१ मतदाता रहेको कचनकवलमा ७ वटा वडामा विभाजित छ । यहाँको समृद्धिका लागि साझा गठबन्धनले शिक्षा, स्वास्थ्य, कृषि विकास, रोजगारी सिर्जना र युवा उद्यमशीलताका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कचनकवल क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रलाई दक्ष जनशक्ति सेवा सहित सबैको भरोसायुक्त एवम् प्रविधियुक्त अस्पतालको रूपमा विकास गर्ने, कृषि, पशुपालन, उद्यम विकास लगायत क्षेत्रमा दीर्घकालिन नीति बनाएर समृद्ध गाउँपालिकाको सपना साकार पार्ने गठबन्धनका उम्मेदवारहरूले मतदातासित प्रतिबद्धता गरेका छन् ।
यस्तै गठबन्धनले निर्वाचनमा मतपत्र बदर हुन नदिनका लागि टोल टोलमा निर्वाचन शिक्षा प्रभावकारी बनाउन दक्ष स्वयम सेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गरिरहेको छ । निर्वाचनमा सहकार्य गरिरहेका दलका सवै उम्मेदवारलाई विजयी गराउन मतदान प्रकृया बारे नागरिक स्तरमा मतदान शिक्षाका लागि टोल टोलमा पुगेर प्रचार प्रसारलाई तीव्र पारिएको निर्वाचन परिचालन समितिको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकचनकवलमा गठबन्धनको प्रचार प्रशारको पहिलोचरण सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img