Homeसमाचारकांग्रेसको आन्तरिक किचलोमा परिणाम खोज्दै एमाले

कांग्रेसको आन्तरिक किचलोमा परिणाम खोज्दै एमाले

बिर्तामोड २६ बैशाख । विर्तामोड वडा नं–४ मा नेपाली कांग्रेसले पञ्चायत कालदेखि नै प्रभाव राख्दै आएको छ । विर्तामोड–४ मा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट कुलप्रसाद संग्रौलाको उम्मेद्वारी छ भने नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका हेमबहादुर खड्काले बागी उम्मेद्वारी दर्ता गराएका छन् । विधानतः उनकोसँगै उनका प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः समाप्त भइसकेको छ । कांग्रेसभित्रको आन्तरिक किचलोको फाइदा उठाउँदै बिर्तामोड नगरपालिका वडा नं.–४ मा आफ्नो नेतृत्व स्थापित गर्ने दाऊमा नेकपा एमाले देखिएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा मत परिणामको आंकलन गर्नुका साथै मौन अवधीमा विगतमा भएका गतिविधिबारे समेत चर्चा गर्न थालेका छन् । स्थानीय तहमा दललाई भन्दा मतदान गर्नेभन्दा व्यक्ति र उसको क्षमतालाई हेरेर पनि मतदान गर्न मतदाता चाहन्छन् तर राजनीतिक दल जसरी पनि आफ्नो नियन्त्रणमा मतदान गर्न लगाउने पक्षमा हुन्छन् । मौन बसेका मतदाताले परिणाम आंकलन गरिरहेका छन् । जसअनुसार दलमै भोट झर्ने विश्वास गर्न सकिन्न ।
निर्वाचनमा मौन अवधीमा मतदातालाई कसैले प्रभाव पार्ने हो कि ! भन्ने आशंका स्थानीयको छ । मतलाई प्रभाव पर्न नदिन सबै दलले आ–आफ्नो क्षेत्रमा रखवारी समेत गर्ने तयारी गरेको बुझिएको छ ।
दलहरुबीच परिणाम हात पार्ने रस्साकस्सी चलिरहँदा पूर्वकै व्यापारिक केन्द्र विर्तामोडको वडा नं.–४ चर्चामा छ । एउटा वडालाई प्रतिष्ठाका रुपमा हेर्नुका पछाडि विविध कारणहरु छन् । शिक्षा, स्वास्थ्य, व्यापार/व्यवसाय/उद्योग, कलकारखाना, विकास, समृद्धि, लगायत धेरै कुराहरु जोडिएका छन् । त्यतिमात्र होइन अत्यधिक कर उठ्ने भएकाले पनि यसलाई निकै महत्वका साथ हेरिन्छ । जनसंख्या एवं सेवासुविधाका हिसावले गाउँपालिकाजत्तिकै महत्वपूर्ण भूमिका राख्ने वडा भएकाले पनि महत्वका साथ हेरिन्छ –यस वडालाई । यहाँ निर्वाचित नेतृत्वले विभिन्न सामाजिक संघसंस्थाका नेतृत्व चयनमा समेत निर्णायक भुमिका खेल्ने हुँदा प्रतिष्पर्धामा रहेका सबै दलले यसलाई महत्वका साथ लिएको पाइन्छ ।
यो पटक वडाको नेतृत्वका लागि निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला र निवर्तमान वडासदस्य राहुल शर्मा फरक फरक दलबाट चुनावी प्रतिष्पर्धामा छन् ।
विर्तामोडको इतिहासमा–४ नं. वडामा आफ्नो शसक्त प्रभाव राख्दै आएको कांग्रेसको विरासत भत्काउने दाउमा नेकपा एमाले छ । ४ नं. वडामा प्रारम्भ भएका अधुरा कामलाई पूर्णता दिनका लागि कांग्रेस–माओवादीको गठबन्धनले संग्रौलालाई उम्मेद्वार बनाएको छ ।
२०७४ को निर्वाचनमा एक्ला–एक्लै चुनावी मैदानमा रहेका कांग्रेस, एमाले, माओवादी मध्ये आगामी ३० गते हुने निर्वाचनमा कांग्रेस र माओवादी गठबन्धनमा छन् भने एमाले एक्लै मैदानमा छ । २०७४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धा गरेको कांग्रेसका तर्फबाट संग्रौलाले प्रतिष्पर्धी एमालेका वडाध्यक्षका उम्मेद्वार नन्दलाल खरेललाई १२ भोटले जितेका थिए । गठबन्धन भएका कारण यो पटक संग्रौलाको जित सहज भएको केहीको बुझाई छ ।
आफ्नै भित्रको किचलो र कांग्रेस पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका कारण आफ्नैबाट चुनौति हुने हो कि भन्ने आशंका छ । यसअघि नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका हेमबहादुर खड्का (हेमु) ले बागी उम्मेद्वारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको विधान–२०१७ (संसोधनसहित) को धारा १३ (ग) बमोजिम कांग्रेसको क्रियाशील सदस्यता समेत नरहने जनाइसकेको छ ।
पार्टीभित्र १४ औं महाधिवेशनका बेला वडाअधिवेशन र क्षेत्रीय प्रतिनिधि छनौटमा देखिएको तिक्तता कार्यकर्ताले भन्दा धेरै वडातहका नेताले त्याग्न नसकेको कार्यकर्ताको विश्लेषण छ । अघिल्लो चुनावमा संग्रौलालाई जिताउन हिंडेकाहरु यो पटक ‘कर्सी मेन्टेन’ मात्र गरिरहेका छन् । वडा तहका एक नेताले भने–‘आन्तरिक चुनावमा भएको प्रतिष्पर्धालाई ‘इगो’ बनाउनुहुदैनथ्यो, इगोले कसलाई कहाँ पु¥याउँछ, भन्न सकिन्न ।’ उनले थपे–‘उनीहरुको पार्टी नै लागेको छ, हाम्रा वडाका नेताले नै कार्यकर्ता बटारेका छन् । अरुलाई फकाउनु पर्नेमा आफ्नैको चाल शंकास्पद छ ।’ अनारमनी गाविस हुँदैदेखि पार्टी संगठन निर्माणमा सक्रिय एक अग्रजले चुनावका बेला नाम नखोल्ने शर्तमा भने–‘आफ्नैले लडाउँछन्, तर जित्ने आधार हुँदाहुँदै हार भयो भने–४ नम्बरमा नेताको राजनीति पनि सकिन्छ ।’


विगत लामो समयदेखि विर्तामोडमा व्यवसाय सञ्चालन गर्दै आएका शर्मा परिवार पनि विर्तामोडमा परिचित छन् । पारिवारिक पृष्ठभूमी कांग्रेसको भएपनि शर्मालाई ०७४ को निर्वाचनअघि नेकपा एमालेले शर्त राखेर नै पार्टी प्रवेश गराएको एमालेका एक नेताले बताए । शर्माले पार्टी प्रवेश गरेपछि भएको पहिलो निर्वाचनमा एमालेबाट वडासदस्यको उम्मेद्वारको टिकट पाए र जिते पनि । शर्माको उम्मेद्वारीले एउटा निश्चित समुदायको सम्मान पनि भएको बताउँदै ती नेताले भने–‘अनेक समस्या आउँछन्, त्योसंग जुध्न त कठिन छ, तर एक्लैले वडा चलाउने होइन, पार्टीबाट गएपछि त्यसका पछाडि पार्टीको सहयोग हुन्छ । उनले थपे–‘कांग्रेसभित्रको किचलोले विरासत भत्काउन सक्ने विश्वासमा छौं ।’
बैशाख ३० गते हुने निर्वाचनमा राप्रपाले पनि पार्टीको तर्फबाट वडाध्यक्षसहित सेटै उम्मेद्वार उठाएको छ । दुईतिहाईको सरकारले पनि देश र जनताको हितमा नागरिकले अनुभूति गर्न सक्ने खालको केही काम गर्न नसक्नु, नेताहरु व्यक्ति स्वार्थ र आफन्त मोह, भ्रष्टाचार बढ्नु पटक–पटक संसद विघटन गर्नु जनताका पक्षमा काम गर्न नसक्नु जस्ता कार्यले एमालेमा रुष्टता व्यक्त गरिरहेका छन् । त्यसपछि बनेको सरकार पनि गठबन्धनमै अल्झिरहनु महंगी नियन्त्रण गर्न नसक्नु लगायतका कारण रुष्ट छन् । यसले जनताको मन राप्रपातिर ढल्किन्छ कि भन्ने अनुमान पनि गर्न थालिएको छ । त्यस्ता मत कति छन् ? राप्रपाले कसको कति मत काट्छ ? भन्ने बुझ्न कठिन छ । तसर्थ राप्रपाले अहिले जित्ने अवस्था नरहेपनि मत भत्काएको अवस्थामा परिणाममा उतार चढाव आउनस क्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको आन्तरिक किचलोमा परिणाम खोज्दै एमाले
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img