Homeसमाचारप्रचारमा भेष्ट, टिसर्टको प्रयोग, एमालेको प्रचारमा आचारसंहिता उल्लंघन

प्रचारमा भेष्ट, टिसर्टको प्रयोग, एमालेको प्रचारमा आचारसंहिता उल्लंघन

सिस्ने २१ बैशाख । निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दलहरु गम्भिर नभएको पाइएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०७८ मार्फत सर्वसाधारण नागरिक, सरकारी कर्मचारी, मन्त्री, निर्वाचन अनुगमनमा खटिने पर्यवेक्षक, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, उम्मेद्वार एवं आम नागरिकले पालना गर्नुपर्ने नियमहरुलाई ‘निर्वाचन आचार संहिता–२०७८’ जारी गरेको छ ।
उक्त आचार संहिताको भाग–५ को परिच्छेद–२ (४) सबैले पालना गर्नुपर्ने आचारण को घ मा ‘राजनीतिक दल वा उम्मेद्वारको चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, विक्री वितरण गर्न वा प्रदर्शन गर्न गराउन नहुने’ उल्लेख छ ।


तर उक्त आचारसंहिता झापाको अर्जुनधारा नगरपालिका वडा नं–१ मा भएको एमालेको कोणसभा एवं चुनाव प्रचार–प्रसारमा उल्लंघन भएको पाइएको छ । अर्जुनधारा नगरपालिकाको वडा नं–१ सिस्नेमा संविधान सभा सदस्य प्रेम गिरी, नगर प्रमुखका उम्मेद्वार बलदेव गोम्देन, उपमेयर, वडाध्यक्षसहितका उम्मेद्वारहरु सहभागी चुनावीसभामा सहभागी कार्यक्रममा एमालेका समर्थक एवं कार्यकर्ताले पार्टीको चुनाव चिन्ह रातो र हरियो सूर्य अंकित भेष्ट लगाएको देखिएको हो । आयोगले तोकेको आचारसंहिताको तुलनामा सवारी साधनको पनि अधिक प्रयोग पाइएको छ ।
झापाका धेरैजसो स्थानीय पालिकामा चुनावचिन्ह अंकित झण्डा पनि निर्वाचन आयोगले तोकेको भन्दा ठूलो साइजको राखेको पाइएको छ । सोही बुँदालाई निर्वाचन आचारसंहिता परिच्छेद–४ को राजनीतिक दल, उम्मेद्वार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने आचरण अन्तर्गछ १२ मा जुलुस, आमसभाm कोणसभा, बैठक एवम् भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत घ मा पनि चुनावचिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाउने भनी उल्लेख गरिएको छ ।


यही परिच्छेदको १२ (ठ) मा निर्वाचन प्रयोजनका लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय बर्ग इन्चसम्म आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्न पाइने र (ड) मा उम्मेद्वारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३/३ फिटको दलको झण्डा र सोही नापको चुनावचिन्ह बाहेक दलको प्रचार–प्रसार गर्ने उद्देश्यले कुनै किसिमको प्रचार सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ । आचारसंहिताले प्रचारमा सिमित सवारी साधनमात्रै प्रयोग गर्न भनेको छ । एमालेको सिस्नेको प्रचारमा सैयौ मोटरसाइकल, गाडी र अटो समेत प्रयोग भएको स्थानीयले बताएका छन् । प्रचारको शैली नियालेका स्थानीय भन्छन्–‘यस्तो महंगीमा यत्तिका साधन कसरी कुदे, तेल त चाहियो होला, अनि पछि भ्रष्टाचार गर्ने कारण यही हो नी ।
सोही परिच्छेदको १३ (क) मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेद्वार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेद्वार भएको स्थानमा बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्गे्र वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाइने उल्लेख छ ।
यसपटकको निर्वाचनमा विगतभन्दा तुलनामा प्रचार सामग्री वितरण आदिमा आचारसंहिता पालना केही मात्रामा बढेपनि सवारी साधन प्रयोग, चुनावचिन्ह अंकित झण्डा एवं सवारी साधन प्रयोगमा भने चुनावी प्रतिष्पर्धामा होमिएका धेरैजसो दलहरुले आचार संहिताको उल्लंघन गरेको पाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रचारमा भेष्ट, टिसर्टको प्रयोग, एमालेको प्रचारमा आचारसंहिता उल्लंघन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img