HomeFeatured 2इलाममा हत्या आरोपमा तीनजना पक्राउ

इलाममा हत्या आरोपमा तीनजना पक्राउ

इलाम २१ बैशाख । इलाम नगरपालिका–८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका –८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला लगत्तै अनुसन्धानको क्रममा रिमालसंग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुलेसंगै रिमाललाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका रिमालले सोधपुछका क्रममा आफैले घटना घटाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यस्तै देउमाई नगरपालिका–७ का ४५ बर्षीय सन्तोषबाला राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन् । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई इलामले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका –७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र उनकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । कोरोनाको खोप लगाएर घर फर्कदै गरेका सन्तोषसंग बाटोमा सामान्य बादबिबादकै क्रममा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2इलाममा हत्या आरोपमा तीनजना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img