HomeFeatured 2अर्जुनधाराको विकासका लागि रञ्जिता नेतृत्वको गठबन्धनको रोडम्याप

अर्जुनधाराको विकासका लागि रञ्जिता नेतृत्वको गठबन्धनको रोडम्याप

नेपाली प्रजातान्त्रिक आन्दोलनमा अढाइ दशकदेखि सक्रिय नाम हो–रञ्जिता कार्की । विद्यालयमा पढ्दादेखि नै वी.पी. कोइरालाको प्रजातान्त्रिक समाजवादप्रति उनी आकर्षित भइन् । झापाको अर्जुनधारा वडा नं–५ मा बुवा दिपबहादुर कार्की र आमा मिश्रा कार्कीका कोखबाट दुई दाजुभाई र चार दिदीबहिनीमध्ये कान्छो सन्तानका रुपमा जन्मिएकी रञ्जिता जब राजनीतिमा प्रवेश गरिन्–अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाइन् । जन्मथलो झापासँगै अध्ययनका सिलसिलामा काठमाडौं पुगेकी उनले झापा र काठमाडौं दुवैतिर राजनीतिक छाप छोड्न सफल भइन् । सो क्रममा नेपाल ल क्याम्पस काठमाडौंको सदस्य सचिव, सभापति, नेविसंघ झापा–काठमाडौं सम्पर्क समितिको सचिव नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समिति सदस्य, काठमाडौं जिल्ला बार एसोसिएशनको सहसविच, बार एसोसिएशन महिला समिति काठमाडौंको अध्यक्ष, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन महिला समितिको केन्द्रीय सदस्य, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिको कानुनी सल्लाहकार, झापा क्षेत्र नं–२ कांग्रेसको कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक संहाल्दै सवैतिर आफ्नो छाप छोड्न सफल भइन् । उनी जहाँ रहेपनि वी.पी.को समाजवादी दर्शनले समाजको विकासका लागि गरेको परिकल्पनाबारे बुझाउँदै लोकतान्त्रिक गणतन्त्रका लागि सचेतना अभिबृद्धि गर्न र ब्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा सशक्त जनमत जुटाउन भूमिका खेलिरहिन् ।
हाल नेपाली कांग्रेस झापा क्षेत्र नं–२ बाट महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस प्रदेश नं–१ को कार्य समिति सदस्य बनेकी उनी इमान्दार, लगनशील, परिश्रमी र निष्ठाको राजनीतिमा अब्बल मानिन्छिन् । उनको लगनशीलता र इमान्दार राजनीतिक छवीकै कारण हुनुपर्छ–उनले झापा अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा पार्टीको तर्फबाट उम्मेद्वार बन्ने अवसर पाएकी छन् ।
नेपालको संविधान २०७२ ले राजनीतिसहित राज्यका हरेक अङ्गमा ३३ प्रतिशत महिला सहभागिताको सवाललाई सुनिश्चित गरेको छ । झापामा सो सहभागिता पूर्ण नहुने हो कि ! भन्ने आशंका उम्मेद्वार छनौट अघिसम्म थियो । तर प्रमुख राजनीतिक दलहरुले झापाका १५ वटा पालिकामध्ये ५ वटामा महिलाहरुलाई प्रमुखको उम्मेद्वार बनाएर संवैधानिक ब्यवस्थालाइ कार्यान्वयनमा ल्याएका छन् । ५ महिला उम्मेद्वारमध्ये नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट अर्जुनधारा नगरपालिकाको प्रमुखमा उठाइएकी रञ्जिता एक हुन् । भानु मा.वि. फुलबारीबाट प्रारम्भिक शिक्षा शुरु गरेकी रञ्जिताको शैक्षिक करियर गोमेन्द्र बहुमुखी कलेज हुँदै नेपाल ल क्याम्पस काठमाडौंसम्म पुग्यो । कानून विषयमा एम.ए. सम्मको अध्ययन गरेकी उनी सोसियोलोजी र राजनीति शास्त्रमा पनि मास्टर्स अध्ययन गरिरहेकी छन् ।
अध्ययन, कार्यगत दक्षता, क्रियाशिलता र सांगठनिक हिसावमा सबल उनी अर्जुनधारा नगरपालिकालाई विकसित र झापाकै नमूना नगरपालिका बनाउने विशेष योजनासहित अहिले मतदाताको घरदैलोमा पुगिरहेकी छन् । ‘अर्जुनधाराको इतिहासमै पहिलो पटक महिला र सक्षम उम्मेद्वार उठाइएको छ’–एक कांग्रेस कार्यकर्ताले भने–‘उनीसँग मिसन र भिजन छ । अर्जुनधाराका नागरिकले विवेक पु¥याएर उनको पक्षमा मतदान गरुन् ।’ घोषणापत्रमार्फत समग्र नगर विकासको रोडम्यापसहित घरदैलोमा पुगिरहेकी उनलाई जेष्ठ बुबा–आमाले आशिर्वाद दिइरहेका छन् भने समकालीन दाजु–भाइ दिदीबहिनीले शुभकामना ।
‘अर्जुनधारालाई स्मार्ट सिटी बनाउनेदेखि लिएर सबै वडामा विद्युत विस्तार, सार्वजनिक शौचालय निर्माण, खानेपानी विस्तार, सौर्य बत्ति जडान प्रमुख प्राथमिकतामा रहनेछन्’–उनले भनिन्–‘शिक्षा, स्वास्थ्य, कृषि, विपद् ब्यवस्थापन, सुरक्षा, सञ्चार, सहकारी, उद्योग, ब्यापार–ब्यवसाय खेलकुद लगायत क्षेत्रमा हामी गठबन्धन दलको स्पष्ट धारणा छ ।’ नगरपालिकाका सबै वडामा विद्युत विस्तार, कृषि एवं उद्योग प्रयोजनका लागि विद्युत महसुलमा सहुलियत, नगरका सबै बजारहरुमा सडक बत्ति जडानलाई घोषणापत्रमा प्राथमिकतामा राखिएको छ ।
गठबन्धनको घोषणापत्रमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि, नगरपालिकामा नर्सिङ कलेज स्थापना, कक्षा १२ सम्म निशुल्क शिक्षा, पिछडिएको वर्ग, दलित एवं विपन्न वर्गलाई शैक्षिक सामग्री प्रदान, शनिश्चरे बहुमुखी क्याम्पसको स्तरउन्नति गर्दै उच्च शिक्षाको पहुँच विस्तार, उत्कृष्ठ २ छात्र–छात्रालाई उच्च शिक्षामा छात्रवृत्ति, मातृभाषा एवं जातजातिका लिपिहरुको संरक्षण, महिला हिंसा न्युनीकरणका लागि किशोरीहरुलाई आत्मसुरक्षा शिक्षा र कानुनी प्रशिक्षण, सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा विस्तार, विद्यालय छाडेका युवायुवतिलाई सिपमूलक तालिम दिएर लघुउद्यममार्फत ब्यावसायिक बनाउने एवं विद्यालय तहदेखि नै रोजगारमूलक शिक्षालाई प्राथमिकतामा राखिएको छ । अर्जुनधारा नगरपालिकाका लागि प्रमुखका उम्मेद्वार कार्की, उपमेयरका उम्मेद्वार जितेश योन्जनसहित गठबन्धनका वडाध्यक्षहरुका उम्मेद्वार यिनै एजेण्डासहित वडाका समस्यालाई समेटिएको घोषणापत्र लिएर घरदैलो अभियानमा छन् ।
‘प्राथमिक स्वास्थ्य सेवाको पहुँच हरेक नागरिकसम्म निशुल्क रुपमा पु¥याउने र सवै वडामा स्वास्थ्य चौकी निर्माण, शनिश्चरे अस्पतालको स्तरबृद्धि, स्वास्थ्य वीमा विस्तार एवं ब्यवस्थित बनाउने म नेतृत्वको गठबन्धन दलका उम्मेद्वारहरुको योजना छ’–उनले कुराकानीका क्रममा भनिन्–‘जेष्ठ नागरिकका लागि सबै प्रकारको स्वास्थ्य परिक्षण र औषधी निशुल्क, ५० बर्षमाथिका नागरिकको बर्षमा एकपटक पूर्ण शरीरको स्वास्थ्य परिक्षण, दीर्घ (मुटु, मृर्गौला, क्यान्सर) जस्ता रोगबाट पीडित नागरिकलाई मासिक ५ हजार भत्ता, प्रत्येक बर्ष प्रत्येक वडामा प्रजनन् स्वास्थ्य परिक्षण, via, std, hiv टेस्ट प्राकृतिक एवं आयुर्वेद औषधालयको ब्यवस्थापन, विषादीरहित खाद्यान्नका लागि नगर क्षेत्रमै क्वारेन्टाइन चेकपोस्ट, विषादी घटाउँदै अग्र्यानिक उत्पादनका लागि आइपिएम पद्धतिको खेतीमा प्रोत्साहन, हरियाली शहरका लागि बजार क्षेत्रको खाली क्षेत्रमा बृक्षरोपण, नगरमा सुविधासम्पन्न बारुण यन्त्र एवं एम्बुलेन्सको ब्यवस्था गरिने छ।’
कृषिमा यान्त्रिकीकरण गरी ब्यावसायिक कृषि प्रणालीको विस्तार र उत्पादनमा बृद्धि प्रमुख लक्ष छन् । घोषणापत्रमा कृषकहरुलाई विशेष प्राथमिकता दिदै सिंचाई सुविधा विस्तार एवं ब्यवस्थापन, नगरमा कृषक क्लव स्थापना गरी कृषि क्षेत्रका समस्या संवोधनमा पहल गर्ने, विऊ–विजन, औषधिको सहज ब्यवस्थापन, पशुमा नश्ल सुधार, कृषिमा जेटिए र पशु प्राविधिक ब्यवस्थापन, कृषिजन्य उत्पादन बृद्धि, माछा–मासुजन्य वस्तुको न्युनतम मूल्य निर्धारण र कार्यान्वयन, सार्वजनिक जग्गा पहिचान गरी मत्स्यपालन, नौकाविहार, बालउद्यान निर्माणलाई प्राथमिकतामा राखिएका छन् । खाद्य सुरक्षाका लागि खाद्य बैंक स्थापना, प्राकृतिक जलस्रोतको पहिचान, मुहानहरुको संरक्षण गरी नौकाविहार, मत्स्यपालन, पर्यटन प्रवद्र्धन गर्ने र जलाशयबाट सम्बन्धित क्षेत्रमा सिंचाई ब्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।
यसैगरी विपदबाट हुने क्षति न्युनीकरण गर्दै संभावित विपद्को पहिचान र समाधानको पहल, पूर्वतयारी प्रशिक्षण एवं विपद् ब्यवस्थापन कोष निर्माण गर्ने योजना छ–कार्कीले भनिन् । नगरको सुरक्षा ब्यवस्था मिलाउन नगर प्रहरीको ब्यवस्थासहित सार्वजनिक स्थलहरुलाई महिलामैत्री बनाउने महिला प्रहरी टोली ब्यवस्थापनलाई घोषणापत्रमा प्राथमिकतामा राखिएको छ ।
यस्तै सूचना, मनोरञ्जन, जनउपयोगी सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रोत्साहन नीति लिइएको बताउँदै कार्कीले सहकारीमार्फत् कृषि क्षेत्रमा अनुदान उपलब्ध गराई उत्पादनमा बृद्धि गर्ने, विषयगत सहकारीको स्थापना, महिलालाई सहकारीमा आबद्ध गराई ब्यावसायिक बनाउने पहल गर्ने योजना सुनाइन् ।
अर्जुनधारा नगर क्षेत्रलाई खेलकुदमय बनाउन र खेलमार्फत युवाहरुको शारीरिक, मानसिक एवं शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले अर्जुनधारामा कभर्ड हल निर्माण, फुटबल मैदान निर्माण, क्रिकेट मैदान ब्यवस्थापन, बार्षिक रुपमा स्थानीय र राष्ट्रियस्तरका प्रतियोगिता गराउने, विद्यालयबाटै खेलकुद प्रशिक्षण एवं खेलकुदमा महिलाहरुको सहभागिता बृद्धि आफ्नो प्राथमिकतामा रहेको उनले बताइन् ।
नगर विकासको स्पष्ट योजना र अवधारणासहित गठबन्धन दलको नेतृत्व गर्दै नगरप्रमुखको उम्मेद्वार बनेकी कार्कीले भनिन्–‘एकपटक अवसर दिनुस्, प्रतिबद्धतालाई खेर जान दिन्न गरेर देखाउँछु ।’
प्रस्तुति: इन्दु पूर्वेली

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अर्जुनधाराको विकासका लागि रञ्जिता नेतृत्वको गठबन्धनको रोडम्याप
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img