Homeअर्जुनधारापार्टी र जनसेवामा सक्रिय हुन्छु–कार्की

पार्टी र जनसेवामा सक्रिय हुन्छु–कार्की

अर्जुनधारा १२ बैशाख । अर्जुनधारा नगरपालिकाका लागि मेयर पदका उम्मेद्वार रञ्जिता कार्कीले जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुलाई नेतृत्वमा नपु¥याएसम्म सामाजिक समावेशीताका सवाल सम्बोधन नहुने बताउँदै आफूलाई जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गर्नुभएको बताउनुभएको छ ।
अर्जुनधारा नगरपालिकाका लागि गठबन्धन दलका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कार्कीले आफू जीवनभर पार्टी र जनताको सेवामा सक्रिय रहने बताउँदै प्रत्यासी उम्मेद्वार कार्कीले नगरको विकास र समुन्नतिका लागि स्पष्ट गुरुयोजना लिएर उम्मेद्वार बनेको बताउनुभएको हो ।
कार्यक्रममा उपमेयरका उम्मेद्वार जितेश योन्जनले गठबन्धन दलको घोषणापत्रमा नगर विकासको दीर्घकालीन गुरुयोजना बनाइएको बताउँदै आर्थिक रुपमा विपन्न वर्गलाई माथि उठाउने कार्यक्रम समेटिएको भनाइ राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुले जन आन्दोलनको उपलब्धी र संविधानको रक्षाका निमित्त बनेको गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन आम जनसमुदायसमक्ष अपिल गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले प्रतिगमन विरुद्ध संघर्षरत राजनीतिक दलहरुले इमान्दारीपूर्वक पार्टीको निर्णयलाई कार्यान्वयन गर्दै गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्नुभयो । प्रतिगमन विरुद्धको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै सचिव हुमागाईले गठबन्धन दलका आधिकारिक उम्मेद्वारका विरुद्ध असहयोग नगर्न सबैमा आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा गठबन्धन दलका संयुक्त निर्वाचन परिचालन समितिका संयोजक दिपक तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं–१ का सदस्य राजकुमार बराइली, नेपाली कांग्रेस अर्जुनधाराका कार्यबाहक सभापति प्रशान्त भण्डारी लगायत गठबन्धन दलका उम्मेद्वारहरुको सहभागिता रहेको थियो ।
गठबन्धन दलको चुनावी प्रचार–प्रसारका लागि बैशाख १४ देखि २४ गतेसम्मको कार्यतालिका बनाइएको छ । जस अनुसार १४ गते वडा नं–१ बाट शुरु गरी क्रमशः सबै वडास्तरमा निर्वाचन प्रचार–प्रसार अभियान सञ्चालन गर्ने कार्यतालिका छ । वडा तहमा निर्वाचन प्रचार–प्रसार निरन्तर जारी रहने निर्वाचन परिचालन समितिका संयोजक दिपक तामाङले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
अर्जुनधारापार्टी र जनसेवामा सक्रिय हुन्छु–कार्की
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img