HomeFeatured 2महिलालाई उम्मेद्वार नबनाएको भन्दै आक्रोस

महिलालाई उम्मेद्वार नबनाएको भन्दै आक्रोस

धरान १३ बैशाख । धरानउपमहानगरपालिकाको आसन्न स्थानीयतहको निर्वाचनमा गठवन्धनको नाममा महिला नेतृत्वलाई उपेक्षा गरिएपछि महिलाहरु असन्तुष्ट बनेका छन् ।
नेपालको संविधानमा नै महिलालाई प्रमुख वा उपप्रमुख पदमा चुनावमा उम्मेद्धार बनाउनु पर्ने व्यवस्था भए पनि धरानमा भने चुनाबी गठबन्धनबाट महिलाहरुले स्थान नपाएपछि असन्तुष्ट बढेको हो ।
नेपाली काँग्रेसबाट चुनावका लागि मेयरमा किसोर राई र नेकपा माओवादी केन्द्रबाट आइन्द्र विक्रम वेघालाई उम्मेद्धवार बनाएको छ । महिला वृतमा त्यसको सर्वत्र आलोचना भएको छ ।
महिला सन्जाल धरानका अध्यक्ष चेतना श्रेङले गठबन्धनको नाममा पुरुष हावी भएको बताएकी छन् । उनले भनिन्,“संविधान र कानुनमा नै महिलालाई अनिवार्य भनिए पनि गठबन्धनको नाममा दलहरु असहमति भए, जस्ले गर्दा धरानमा ५७ प्रतिशत महिलाहरु भएपनि गठबन्धनको नाममा पुरुषवादी हावी भयो ।” त्यसैगरी कानुन समेत बाझिएकाले महिलाहरुले राजनीतिमा पछि पर्नुपर्ने अवस्था भएको बताइन् । नेकपा माओवादीले पहिलो स्थानीय तहको निर्वाचनमा पनि महिला उम्मेद्धवारलाई वाइपास गरेको थियो । चुनावी गठवन्धनको नाममा माओवादीले आइन्द्र विक्रम वेघालाई मेयरमा उठाएको थियो भने उप मेयरमा तत्कालिन संघीय समाजवादी पाटीको तर्फबाट उप मेयरमा पारस काङमाङ राई थिए ।
त्यसवेला पनि माओवादीले महिलालाई उपेक्षा गरेको भनेर पाटी भित्रै असन्तुष्ट वढेको थियो । यसपालीको स्थानीयतहको चुनावमामाओवादी पाटीले अन्तिम समयमाआएर गठवन्धनमा उम्मेवारी दिएको हो ।
माओवादीका एक महिला नेतृले भनिन्,“एकलचुनाव मैदानमा जाने तयारी थियो , आन्तरिक तयारी महिलालाई उठाउने थियो तर गठबन्धनले स्वाह पारिदियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिलालाई उम्मेद्वार नबनाएको भन्दै आक्रोस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img