Homeसमाचारकांग्रेसलाई प्राध्यापकको सुझाव–‘ढुल्मुले मत समेट्नु’

कांग्रेसलाई प्राध्यापकको सुझाव–‘ढुल्मुले मत समेट्नु’

बिर्तामोड ८ चैत । नेपाली कांग्रेस निकटका प्राध्यापकहरुले नजिकिएको स्थानीय निर्वाचनमा ढुल्मुले मत समेट्न पार्टीलाई सुझाव दिएका छन् । नेपाली काङ्ग्रेस झापाका पदाधिकारी एवं विभिन्न क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको भेलामा बोल्ने अधिकांश प्राध्यापकहरुले आफ्ना मतदाताको मत सुरक्षित राखेर ढुल्मुले मत आफ्नो पक्षमा तान्न सके मत परिणाम कांग्रेसका उम्मेद्वारको पक्षमा हुने सुझाव दिएका हुन् ।
नेपाली कांग्रेसले नीतिगत सुधार, विकास निर्माण, जनताको समृद्धिका लागि खेलेको भुमिका र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मुद्धाहरुमा राखेको स्पष्ट बैचारिक दृष्टिकोण लगायतका विषय जनतासमक्ष पु¥याउन सके ढुल्मुले मत समेट्न सहज हुने सहभागीहरुले बताए । निर्वाचनमा ढुल्मुले मत नै निर्णायक हुने समेत प्राध्यापकहरुको भनाइ छ ।
‘कम्युनिष्टहरुले काम थोरै गरेका छन्, विज्ञापन धेरै गरेका छन्’ भेलामा बोल्ने अधिकांश प्राध्यापकहरुले भने–‘कांग्रेसले काम धेरै गरेको छ, विज्ञापन गर्नै सकेन । जमाना विज्ञापनको छ । तसर्थ कांग्रेस नेतृत्वको सरकारले गरेका कामको प्रचार–प्रसार जरुरी छ । ’
जनता समृद्ध भए कम्युनिष्टको राजनीति नै सकिने बताउँदै प्राध्यापकहरुले कम्युनिष्टले समृद्धिको सपना बाँडेर झुटको खेती गरिरहेको कुरा जनतालाई बुझाउनुपर्नेमा जोड दिए । भेलाका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले जिल्लामा डि एल ए को सहयोगमा क्षेत्रस्तरमा अन्तरक्रिया कार्यक्रम सप्पन्न गरिएको, शिक्षक संघसगको सहकार्यमा जिल्लाको मत सर्बेक्षण शुरु गरिएको, वडा तहमा अन्तरक्रिया कार्यक्रम जारी रहेको जानकारी दिनुभयो ।
झापामा क्याम्पसहरुको अवस्था, प्रजातन्त्रबादी प्राध्यापकहरुको अवस्थाका बारेमा अध्ययन गरेर सांगठनिक सुदृढीकरणका लागि कार्य गर्नसमेत प्राध्यापकहरुलाई आग्रह गर्नुभयो । प्राध्यापकहरु बौद्धिक ब्यक्तित्व रहेको चर्चा गर्दै उहाले निरन्तर बिद्यार्थी र अभिभावकसँग जनसम्पर्कमा रहने प्राध्यापकहरुले नेपाली काङ्ग्रेसले गरेका शिक्षा, स्वास्थ, बिकास निर्माण, नीतिगत सुधार, एमसिसी लगायत कांग्रेसले गरेका कामका विषयमा बिचार प्रवाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मेची बहुमुखी क्याम्पसका सुशिलकुमार खनाल र नेत्र नेपाल, दमक बहुमुखी क्याम्पसका नेत्र बुढाथोकी, राम गिरी र रत्न थापा, कनकाई क्याम्पसका विकासप्रसाद उप्रेती र तुलसी कार्की, मनकामना कलेजका युवराज दाहाललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा विषय प्रवेश नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगााईले गराउनुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसलाई प्राध्यापकको सुझाव–‘ढुल्मुले मत समेट्नु’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img