इलाम ८ गते । इलामको रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बराबरको २००० किलोग्राम (४० बोरा) हाडे छुर्पी बरामद गरेको हो ।
अवैध छुर्पी बरामद भएसगै उक्त छुर्पी, गाडी र चालक इलाम सूर्योदय नगरपालिका २ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
अवैध समान बोकेको गाडी सहित चालक नियन्त्रणमा

































































































