Homeसमाचारआकांक्षी उम्मेद्वारलाई स्वघोषणा गरी मत माग्दै नहिड्न आग्रह

आकांक्षी उम्मेद्वारलाई स्वघोषणा गरी मत माग्दै नहिड्न आग्रह

विर्तामोड ८ चैत । नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले स्थानीय तहका आकांक्षी उम्मेद्वारहरुलाई स्वघोषणा गरेर मत माग्दै नहिड्न आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस एवं शहीद उद्रकान्त राजवंशीको ४९ औं स्मृति दिवसको सन्दर्भमा शहीद उद्रकान्त  राजवंशी स्मृति प्रतिष्ठानको कार्यालय एवं शालिक निर्माण स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो ।
नेपाली कांग्रेसको नीति अनुसार अहिले आफ्ना जनप्रतिनिधिहरु छान्ने अधिकार वडा कार्य समितिलाई नै रहेको बताउँदै सभापति थापाले वार्ड तहबाट सिफारिस भएर आएकै ब्यक्ति उम्मेद्वार हुने स्पष्ट पार्दै पार्टीले उम्मेद्वारको टुङ्गो नलगाउन्जेल पार्टीका पक्षमा प्रचार–प्रसार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, महाधिवेशन प्रतिनिधिहरु छत्रबहादुर गिरी र जलकुमार गुरुङ, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला लगायतले मन्तब्य राख्नुभएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
शहीद उद्रकान्तको जीवनी प्रस्तुत गर्दै धनलाल राजवंशीले उहाँको २०२९ साल मंसिर २३ गते हत्या भएको जानकारी दिनुभयो ।
भारतको नक्सलवादी आन्दोलनका अगुवा चारु मजुमदारबाट प्रभावित भएर ब्यक्ति हत्यामा उत्रिएका तत्कालीन माले (हाल नेकपा एमाले)–का कार्यकर्ताले राजवंशीको हत्या गरेका हुन् । कम्युनिष्टहरुले त्यसबेला मुख्य प्रजातान्त्रिक विचारधारा बोकेका कांग्रेसजनको छानि–छानी टाउको काट्ने आतङ्क फैलाएका थिए ।
त्यसबेला प्रजातान्त्रिक विचारधाराप्रति आस्था राख्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उद्रकान्त राजवंशी, विष्णुप्रसाद विमली, ईश्वरीप्रसाद चुडाल, बुटन चौधरी, धर्मप्रसाद ढकाल लगायतको हत्या गरेका थिए ।
२०१५ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गरेको एवं नेपाली कांग्रेस पार्टीमा आदिबासी राजवंशी समुदायबाट प्रतिनिधित्व गरेका कारण आदिबासी समुदायमा त्रास फैलाउने उद्देश्यले उनको हत्या गरिएको थियो ।
हुक्का तानेर आफ्नै घरमा बसिरहेका उद्रकान्तमाथि एकास्सी घरभित्र पसेका हतियारधारी समूहले ९० ठाउँमा काटेर क्रुर र अमानवीय हत्या गरेको थियो । अत्यन्तै हृदयविदारक एवं हेर्नै नसकिने गरी गरिएको उद्रकान्तको हत्या देखेलगत्तै स्थानीय मंगलसिंह राजवंशीकी श्रीमती तारामनी राजवंशीको तत्कालै निधन भएको स्थानीय बताउँछन् ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति एवं शहीद उद्रकान्त राजवंशी प्रतिष्ठान निर्माण समितिका संयोजक खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति लक्ष्मीप्रसाद आचार्य र सञ्चालन रामबाबु धिमालले गर्नुभएको थियो ।  कार्यक्रमको औचित्यमाथि प्रकाश सभापति मैनालीले पार्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआकांक्षी उम्मेद्वारलाई स्वघोषणा गरी मत माग्दै नहिड्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img