Homeसमाचारशहीद उद्रकान्तको स्मृतिमा शालिक निर्माण हुँदै

शहीद उद्रकान्तको स्मृतिमा शालिक निर्माण हुँदै

विर्तामोड ७ चैत । शहीद उद्रकान्त राजवंशीको स्मृतिमा झापाको विर्तामोड नगरपालिका–९ स्थित गरामनीमा शालिक निर्माण शुरु गरिएको छ ।
उद्रकान्तका छोरा एवं नातिहरुबाट प्राप्त १३ धुर जग्गामा २ कोठे भवन र शालिक निर्माण शुरु गरिएको हो । उक्त भवन एवं शालिक निर्माण गर्न लगभग १५ लाख लागत अनुमान गरिएको शालिक निर्माण समितिका संयोजक खगेन्द्र मैनालीले जानकारी दिनुभयो ।
शालिक निर्माण समितिको सहसंयोजकमा दिनेश राजवंशी, सचिवमा बासु अधिकारी, कोषाध्यक्ष हरिप्रसाद सिटौला रहनुभएको छ भने सदस्यहरुमा लक्ष्मी आचार्य, भोजराज सिटौला, भोला पौड्याल, जयराम ढकाल, साउनिया राजवंशी, प्रदीप राजवंशी, पवित्रा राजवंशी, नारायण पौड्याल लगायत रहनुभएको छ ।
झापाको विर्तामोड नगरपालिका–९ ९साविक गरामनी–६० मा बुवा बुधकोस राजवंशीका साइला सुपुत्रका रुपमा १९५५ सालमा जन्मनुभएका उद्रकान्त राजवंशीको २०२९ साल मंसिर २३ गते साँझ ७ बजे हत्या भएको थियो ।
भारतको नक्सलवादी आन्दोलनका अगुवा चारु मजुमदारबाट प्रभावित भएर ब्यक्ति हत्यामा उत्रिएका तत्कालीन माले ९हाल नेकपा एमाले०–का कार्यकर्ताले राजवंशीको हत्या गरेका हुन् । कम्युनिष्टहरुले त्यसबेला प्रजातान्त्रिक विचारधारा बोकेका कांग्रेसजनको छानि–छानी टाउको काट्ने आतङ्क फैलाएका थिए । त्यहीबेला झापाका बुटन चौधरी, ईश्वरीप्रसाद चुडाल, धर्मप्रसाद ढकाल, विष्णुप्रसाद विमली लगायतको हत्या भएको थियो ।
२०१५ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग एवं नेपाली कांग्रेसको पार्टी संगठनमा आदिबासी राजवंशी समुदायबाट प्रतिनिधित्व गरेका कारण उक्त समुदायमा डर–त्रास फैलाउने उद्देश्यका साथ उद्रकान्तको हत्या भएको बताइएको छ । ब्यक्ति हत्या गर्ने तत्कालीन नक्सलवादी आन्दोलनको नेतृत्व आर।के। मैनाली, सि।पी। मैनाली र के।पी। ओलीले गरेका थिए ।
नेपाली कांग्रेस झापाका अग्रज नेताहरु हरिविलास पट्वारी, फत्तेबहादुर बुढाथोकी, दलबहादुर बुढाथोकी, तुर्सा हेमरम, हरिशंकर मुन्सी, लगायतका नेताहरुसँगै उद्रकान्त राजवंशी पार्टीको काममा अहोरात्र खटिनुहुन्थ्यो ।
हुक्का तानेर आफ्नै घरमा बसिरहेका उद्रकान्तमाथि एकास्सी घरभित्र पसेका हतियारधारी समूहले ९० ठाउँमा काटेर क्रुर र अमानवीय हत्या गरेको थियो । अत्यन्तै हृदयविदारक एवं हेर्नै नसकिने गरी गरिएको उद्रकान्तको हत्या देखेलगत्तै स्थानीय मंगलसिंह राजवंशीकी श्रीमती तारामनी राजवंशीको तत्कालै निधन भएको स्थानीय बताउँछन् ।
यसैबीच उद्रकान्त राजवंशीको ४९ औं स्मृति दिवसको अवसर पारेर शालिक निर्माणस्थलमा उहाँको जीवनीमाथि चर्चा गरिदैछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशहीद उद्रकान्तको स्मृतिमा शालिक निर्माण हुँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img