HomeFeatured 2(नेको) को १६ औं इकाइगत साधारणसभा, मनमोहनलाई सहयोग गर्ने

(नेको) को १६ औं इकाइगत साधारणसभा, मनमोहनलाई सहयोग गर्ने

साबित्रा दाहाल ।
बिर्तामोड ६ चैत ।
नेपाल स्वास्थ्य सहकारी संस्था (नेको) लि. को १६ औं साधारणसभा प्रतिनिधिमूलक रुपमा झापाको बिर्तामोडमा संस्थाका कार्यबाहक अध्यक्ष जीवनप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै का.वा. अध्यक्ष शर्माले स्वास्थ्य, शिक्षा र सहकारी सञ्चालन गर्ने अभिप्रायले संस्थाको स्थापना गरेको बताउनु भयो । संसदले मेडिकल कलेज स्थापना गर्ने अनुमति नदिएको कारण संस्था समस्यामा परेको बताउँदै मनमोहन सामुदायिक अस्पतालले मेडिकलका कस्ता कार्यक्रम सञ्चालन गर्ने भन्ने निर्णय व्यवस्थापन समितिले गरेर अघि बढे त्यसमा नेको नेपाल सहयोग गर्न तत्पर रहेको जानकारी गराउनु भयो ।
उनले मनमोहन अधिकारीको नाममा सहकारी विश्व विद्यालय स्थापना गर्ने लक्ष्य पूरा हुन नसकेको तर वाग्मती प्रदेशले भर्खरै नयाँ “उच्च शिक्षा ऐन–२०७८” पारित गरेकोले अब सोही ऐनको परिधिभित्र रहेर शिक्षाका नयाँ कार्यक्रमहरु शुरु गर्ने उहाँको भनाई थियो । झापामा रहेको मनमोहन सामुदायिक अस्पताल बैशाख ३ गते काठमाडौंमा भएको केन्द्रीयस्तरको साधारणसभाबाट स्वतन्त्र भएर आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न पाउने र आगामी वर्षहरुमा स्थानीय तहमा स्वतन्त्र भएर साधारणसभा गर्न पाउने बताउदै स्थानीय शेयर सदस्यको भावना अनुरुप शैक्षिक कार्यक्रमहरु गर्न सुझाव दिनुभयो ।

मनमोहन सामुदायिक अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष तथा संविधान सभा सदस्य नरेस खरेलले स्वागत गर्दै संस्थाको इकाईगत समस्या बारे जानकारी गराउनु भयो । भारत उपचारमा जानुपर्ने बाध्यतालाई रोक्न वि.सं. २०६९ सालमा बिर्तामोडमा उक्त अभियानमा ३२९ जनाले सदस्य रहेको बताउनु भयो । संस्थालाई शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि ३ विगाह जग्गा प्राप्त भएपनि डा. गोविन्द केसीको अनसनले मेडिकल माफियाहरुको प्रयास हो भन्ने भ्रम फैलिएका कारण काम गर्न नसकेको बताउदै भविष्यमा नेकोबाट स्वतन्त्र भएर शैक्षिक कार्यक्रम सुरु गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष तथा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले नेको नेपाल संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र पाण्डेले अस्पतालदेखि मेडिकल कलेजसम्म स्थापना गर्ने सोचका साथ सुरु गरेको कार्यक्रम कारणवस सफल हुन नसकेको र केही वर्ष शेयर सदस्यलाई प्रतिफल दिन नसक्दा शेयर सदस्यहरुमा निराशा छाएको सुनाउनु भयो । यद्यपी पछिल्लो समय सदस्यलाई सुविधादिन सुरु गरेको जानकारी दिंदै निराश बनेका सदस्य पुनः आशा जागृत हुँदै आएको उहाँको भनाई थियो ।
यसैगरी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले नेपाल स्वास्थ्य सेवा सहकारीबाट पूर्वाञ्चल स्वास्थ्य सेवालाई अलग गरी स्वतन्त्र रुपमा काम गर्ने बातावरण र सम्बन्ध सुधारमा सहयोग गर्न नेको नेपाललाई आग्रह गर्नुभयो ।
लेखा समिति सदस्य दुर्गाप्रसाद आचार्यले लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका उक्त कार्यक्रमको सञ्चालन नेको नेपालका कार्यकारी निर्देशक तथा संविधानसभा सदस्य केदारप्रसाद सञ्जेलले गर्नुभएको थियो । कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ, नेको नेपालका प्रशासकीय प्रमुख ज्ञानेन्द्र पाण्डे, मनमोहन सामुदायिक अस्पतालका पदाधिकारी तथा सञ्चालक सदस्यहरु, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2(नेको) को १६ औं इकाइगत साधारणसभा, मनमोहनलाई सहयोग गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img