Homeसमाचारनमुना बस्तीलाई जेसीज गाउँ घोषणा

नमुना बस्तीलाई जेसीज गाउँ घोषणा

बिर्तामोड ६ चैत । सामाजिक कार्य गर्दै आएको बीरता लेडी जेसीजले बिर्तामोड नगरपालिका वडा नं.–७ को नमुना बस्तीलाई जेसीज गाउँ घोषणा गरेको छ ।
बीरता जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नमुना बस्तीलाई जेसीज गाउँ घोषणा गरिएको हो ।
दुईदिनदेखि सञ्चालित बात्ती कात्ने तालिम समेतको समापन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता खरेल, बिर्तामोड नगरपालिका वडा नं.–७ का वडाध्यक्ष चन्द्रकला पकवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव युनिता दवाडीले गर्नुभएको थियो भने स्वागत हिमा पौडेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनमुना बस्तीलाई जेसीज गाउँ घोषणा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img