HomeFeatured 2पत्रकार महासंघ झापाद्धारा खोज पत्रकारिता तालिम शुरु

पत्रकार महासंघ झापाद्धारा खोज पत्रकारिता तालिम शुरु

धुलाबारी ६ चैत। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा स्थानीय सरकारका सवालमा दुईदिने खोज पत्रकारिता प्रशिक्षण आइतबार धुलाबारीमा शुरु भएको छ ।
प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले मेची उद्योग वाणिज्य संघको कक्षमा आयोजित प्रशिक्षणको उद्घाटन गरेका थिए । आचार्यले पछिल्लो समय पत्रकारहरुको खोज र विज्ञतामा कमी आएको भन्दै विषयहरुले पत्रकार खोजीरहेको तर पत्रकारले विषयवस्तु खोज्न ध्यान नदिएको गुनासो गरे । उनले स्थानीय सरकारका कामको बारेमा खोज पत्रकारिता मार्फत सर्वसाधारणलाई विषय उजागर गर्न आग्रह पनि गरे ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विशिष्ठ अतिथि पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी न्यौपानेले शुभकामना व्यक्त गरेका थिए । महासंघकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
प्रशिक्षणमा सहभागी ३५ जना सञ्चारकर्मीलाई खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व उपमेयर समेत रहेका अग्रज पत्रकार भण्डारीले चुरे दोहनदेखि फलफूल तथा तरकारीमा विषादीको प्रयोग लगायतका कयौं विषयमा पत्रकारको ध्यान पुग्न नसकेको बताए । उनले त्यस्ता विषयवस्तुले समाचारमा प्राथमिकता पाउनुपर्ने उल्लेख गरे । प्रशिक्षक मैनालीले खोज पत्रकारिता गर्ने विधि र स्थानीय सरकारका सवालहरुको बारेमा प्रशिक्षण दिइरहेका छन् । उनले पत्रकार दृढ इच्छाशक्ति भएको, अध्ययनशील र खोज अनुसन्धान गर्नसक्ने हुनुपर्नेमा जोड दिए ।
प्रशिक्षक मैनालीले समाचारमा पत्रकार तथा कोही पनि मान्छे बोल्नेभन्दा पनि तथ्य बोल्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाका सल्लाहकार राजेन्द्र गौतम, प्रेस चौतारीका केन्द्रीय सदस्य अम्बिका भण्डारी, जिल्ला अध्यक्ष मनकुमार गदाल, सचिव प्रकाश पौडेल, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, प्रेस क्लव मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, पूर्व अध्यक्ष मुक्ति पौडेल लगायतको आतिथ्य रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार महासंघ झापाद्धारा खोज पत्रकारिता तालिम शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img