विर्तामोड २७ फागुन । विर्तामोड नगरपालिकाले आज आयोजित एक कार्यक्रमका बीच हात्तीपाइले (फाइलेरिया) विरुद्धको औषधी खुवाउने अभियानको शुरु गरेको छ ।
नगर स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई तथा प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपानेले सामुहिक रुपमा औषधी खाएर अभियानको प्रारम्भ गरिएको हो ।
नगर स्वास्थ्य शाखाका प्रमुख राजिव विष्टको अध्यक्षता तथा नगरप्रमुख शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न अभियान प्रारम्भ कार्यक्रममा नगर प्रमुख शिवाकोटीले सबैलाई हात्तीपाइले विरुद्धको औषधी खाने कुरामा जागृत गराउन आफूबाटै शुरु गरेको बताउनु भयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उपस्थित सबै कर्मचारीलाई पनि औषधी खान आग्रह गर्नुभयो ।
कार्यक्रममा विर्तामोड नगरपालिका वडा नंं–६ का महिला सदस्य पवित्रा ढुङ्गाना, शिक्षा शाखा प्रमुख तीलचन भण्डारी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बिर्तामोडमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान शुरु

































































































