Homeसमाचारलायन्सको पदस्थापन

लायन्सको पदस्थापन

विर्तामोड २४ भदौ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच लायन्स क्लबहरुको पदस्थापन गरिएको छ ।
लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष निरज ओलीको अध्यक्षता तथा संघीय सांसद पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ विर्तामोड लेडीसहित ४ वटा लायन्स क्लबहरुको पदस्थापन गरिएको हो । पदस्थापन गरिएका क्लबहरुमा लायन्स क्लब अफ विर्तामोड, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ विर्तामोड लेडी, र लियो क्लब अफ विर्तामोड र लियो क्लव अफ अनामरनी रहेको बताइएको छ ।
लायन्स क्लब अफ विर्तामोडको अध्यक्षमा निरज ओली छन् भने उर्मिला खरेलको नेतृत्वमा लायन्स क्लब अफ विर्तामोड लेडी गठन भएको थियो भने लायन्स क्लब अफ अनारमनीको अध्यक्षमा शैलेन्द्र कुरुङवाङ, लायन्स क्लब अफ विर्तामोडको अध्यक्षमा जीवन खड्का रहेका छन् ।
विर्तामोडस्थित आदर्श ब्याङक्वेटमा आयोजित कार्यक्रमको औचित्यमाथि निरज ओलीले प्रकाश पारेको कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गर्भनर राजन खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलायन्सको पदस्थापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img