Homeसमाचारअदालतले दोषी प्रमाणित गरेका वडाध्यक्षले काम सूचारु गरेपछि कार्यकक्षमा ताला

अदालतले दोषी प्रमाणित गरेका वडाध्यक्षले काम सूचारु गरेपछि कार्यकक्षमा ताला

भद्रपुर २२ फागुन । अदालतले दाेषाी प्रमाणित गरेका भद्रपुर ९ का वडाध्यक्ष शनिलाल राजवंशीले वडाको काम कारवाही जारी राखेको भन्दै नेपाली काँग्रेसले वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
विदेशी नागरिकलाई अनधिकृत नागरिकता प्रदान गर्ने कार्यमा संलग्न भएको प्रमाण सहित वडाध्यक्ष राजवंशीलाई दोषी ठहर गरेर झापा जिल्ला अदालतले मंसिर १३ गते कैद र जरिमाना तोकेर फैसला गरेको भए पनि वडाको कामकाजमा राजवंशी निरन्तर रहेपछि काँग्रेस भद्रपुरले तालाबन्दी गरेको हो ।
वडा सभापति चेतनाथ भट्टराइको नेतृत्वमा गएको काँग्रेस समर्थक नेता कार्यकर्ताको टोलीले सम्मानित अदालतको आदेश पालना गरेर विधिको शासनमा रहनु पर्ने अवस्थाको विपरित वडाध्यक्ष राजवंशीले वडा कार्यालयमा काम कारवाही गर्नु अदालतमाथि अपमान भएको भन्दै तालाबन्दी गरेका थिए । तालाबन्दी कार्यक्रममा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि गोमा भट्टराई, जिल्ला सदस्य रमेश पोखरेल, क्षेत्रीय प्रतिनिधि लावण्य पोखरेल, पूर्व वडा सभापति गोपालप्रसाद श्रेष्ठलगायतले समर्थन गर्दै न्यायपालिकाको फैसला अनुसार वडाध्यक्ष चल्नु पर्ने अडान राखेका छन् ।
वडाध्यक्ष राजवंशी भने अदालतको फैसला बारेमा कहीबाट आफूलाई लिखित प्रमाणित जानकारी नभएको दावी गर्दै काम कारवाही नरोक्ने प्रतिक्रिया दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअदालतले दोषी प्रमाणित गरेका वडाध्यक्षले काम सूचारु गरेपछि कार्यकक्षमा ताला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img