HomeFeatured 2चन्द्रगढी खानेपानीको १९ औं वार्षिक सभा सम्पन्न

चन्द्रगढी खानेपानीको १९ औं वार्षिक सभा सम्पन्न

भद्रपुर २१ फागुन । भद्रपुर १० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ औं साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता तथा संघीय खानेपानी तथा ढल निकास आयोजना प्रदेश १ का प्रमुख चोकप्रसाद धितालको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत साधारणसभा सम्पन्न भएको हो ।
अध्यक्ष अधिकारीले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले एक करोड ७७ लाख २५ हजार ३६४ रूपैयाँ वार्षिक आय तथा एक करोड ४५ लाख ६८ हजार ९३२ खर्च सहित ३१ लाख ५६ हजार ४३२ रकम सञ्चित विवरण प्रस्तुत गर्नुभएको थियो ।
उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि धिताल, वडाध्यक्षहरु विनोदप्रसाद पोखरेल, गौरव सुब्बा मनोज, टेकबहादुर खड्का काजी, संस्थापक अध्यक्ष लेखनाथ निरौला, पूर्व अध्यक्ष अम्बरबहादुर कार्की, चन्द्रगढी दाश्रो खानेपानी समितिका अध्यक्ष चुडामणि मैनाली, नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति गणेश पोखरेल, नेकपा एमालेका जिल्ला उपसचिव अशारू राजवंशी, माओवादी भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजन आचार्यले आर्थिक विवरण पेश गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चन्द्रगढी खानेपानीको १९ औं वार्षिक सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img