Homeखेलझापामा पहिलोपटक रात्रीकालीन भलिबलकाे तयारी

झापामा पहिलोपटक रात्रीकालीन भलिबलकाे तयारी

भद्रपुर २० फागुन । झापामा पहिलोपटक रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ ।
जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको मैदानमा रात्रीकालीन भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको हो ।
खेलकुदको माध्यमबाट युवावर्गको सशक्तिकरण गर्ने उद्देश्यले भद्रपुरमा हालै गठन भएको भद्रपुर युवा परिवारले संस्था स्थापनाको अवसर पारेर आगामी चैत ६ गतेदेखि ८ गतेसम्म वडास्तरीय नकआउट रात्रीकालीन भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष बिर्जु सहनीले जानकारी दिए ।
आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले प्रतियोगितामा विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने जानकारी दिए ।
प्रदेश १ मै इटहरीपछि भद्रपुरमा गर्न लागिएको रात्रीकालीन भलिबल प्रतियोगिता सम्पन्न गनै करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा परिवारका कोषाध्यक्ष रविकुमार मुखियाले जानकारी दिए । प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन विभिन्न दाता र संघ–संस्थाबाट सहयोग जुटाउने मुखियाको भनाइ छ ।
झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु) को प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा चिया उद्यमी देवकुमार घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन भद्रपुर युवा परिवारका सचिव सिकेन्द्र यादवले गरेका थिए ।
नवगठित भद्रपुर युवा परिवारको अध्यक्षमा बिर्जु सहनी, उपाध्यक्षमा भरत यादव, सचिवमा सिकेन्द्र यादव, सहसचिवमा सञ्जय चौधरी, कोषाध्यक्षमा रविकुमार मुखिया रहेका छन् भने
सुशील यादव, दीक्षा झा, माम्पी दास, आयुष झा, रिंकु दास र अमर पासवान सदस्य छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलझापामा पहिलोपटक रात्रीकालीन भलिबलकाे तयारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img