HomeFeatured 2बिर्तामोड १० मा महिला लक्षित ३ दिने स्वास्थ्य सचेतना सम्पन्न

बिर्तामोड १० मा महिला लक्षित ३ दिने स्वास्थ्य सचेतना सम्पन्न

सैनिक १९ फागुन । महिला सञ्जाल विर्तामोड १० को आयोजनामा वडाभित्रका विपन्न तथा लोपोन्मुख समुदायका महिलाहरुमा स्वास्थ्य सचेतना जगाउने उद्देश्यले सञ्चालित तीनदिने तालिमको बिहीबार समापन गरिएको छ ।


वडामा गठित टोलसमितिलाई आधार मानेर फरक फरक तीन स्थानमा सञ्चालन गरिएको सचेतना शिविरमा १३ वर्षदेखि ४५ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरुको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष खिलेश्वरी पाण्डेले जानकारी दिनुभयो ।
महिला सञ्जालकी अध्यक्ष पाण्डेको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य गीता घिमिरे, वडा सदसयहरु अर्जुन सिटौला, भक्तसिं राजवंशी, दिपिका शिवा, टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नगर परिषद सदस्य घिमिरे, प्रशिक्षक प्रकृति खड्का, सहभागिकातर्फबाट बन्दना ढकाल, लगायतले शुभकामना मन्तव्य राखेका थिए । लक्षित समुदाय र समूहका दुईसय बढी सहभागि कार्यक्रममा महिलामा हुने स्वास्थ्य समस्याबारे प्रशिक्षण दिइएको थियो । सचेतनासंगै सहभागीलाई महिला सञ्जालले गतवर्ष तालिम सञ्चालन गरेपछि तालिम लिएका महिलाहरुले उत्पादन गरेका हेण्डमेड, तथा मेडिकेटेड सेनेटरी प्याड लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।फागुन १६ गते तेलगानी पोखरी क्षेत्रबाट शुरु गरिएको सचेतना कार्यक्रम बिहीबार समापन गरिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड १० मा महिला लक्षित ३ दिने स्वास्थ्य सचेतना सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img