बिर्तामोड १९ फागुन । विगत लामो समयदेखि पूर्वी नाका काकरभिट्टा हुँदै स्वदेश भित्रिने नेपाली नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउदै आएको नेपाल रेडक्रसले विर्तामोडमा पनि उक्त सेवा प्रारम्भ गरेको छ ।
नाकाबाट भित्रिने नागरिकलाई कोभिड–१९ विरुद्धको निःशुल्क खोप सञ्चालन गर्दै आएको रेडक्रसले बिहिबारदेखि विर्तामोडस्थित हनुमान कम्प्लेक्समा निः शुल्क खोपको व्यवस्था गरेको हो ।
फागुन १९ देखी बिर्तामोडको हनुमान कम्प्लेक्समा पनि रेडक्रस झापाबाट कोभिड–१९ बिरुद्धको खोप सुरु गरिएको जानकारी दिंदै यसअघि खोप लगाउन छुटेकाले उक्त ठाउँमा गएर लगाउन सकिने नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
रेडक्रसले शुरु गर्यो बिर्तामोडबाट पनि कोभिड १९ विरुद्धको खोप
