रेजिना गौतम
बिर्तामोड । परम्परा र विशेषता अनुसार शिवभक्तले रुद्राक्षको माला धारण गर्छन् । रुद्राक्ष माला धारण गर्ने व्यक्तिले शिवलाई मान्छन् । रुद्राक्ष माला लगाइदिने व्यक्ति पनि शिव भक्त नै हुनुपर्छ भनिन्छ । तर पछिल्लो समय रुद्राक्ष मालाको प्रयोग हेर्दा परम्परा र विशेषताले मेल खाँदैन ।
पछिल्लो समय विभिन्न कार्यक्रममा स्वागत र सम्मानमा रुद्राक्षको मालाको अत्यधिक प्रयोग भइरहेको छ । यसरी प्रयोग गरिंदै आएको रुद्राक्षको मालाको प्रयोग कति उचित र विधिसम्मत छ ? यस विषयमा प्रश्न उठ्न थालेको छ । रुद्राक्षको माला पहिरिने र पहिराउने व्यक्ति कस्तो हुनुपर्छ ? भन्ने विषयमा समेत बहस शुरु भएको छ ।
आध्यात्मिक व्यक्तित्व तथा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल रुद्राक्षको माला धारण गर्ने र गराउने व्यक्ति शिव भक्त हुन की होइनन् भन्ने कुरा महत्वपूर्ण हुने बताउनुहुन्छ ।
‘वास्तवमा रुद्राक्ष माला धारण गर्ने व्यक्तिले शिवलाई मान्छ कि मान्दैन, उसको भावना पवित्र छ कि छैन, यो पनि हेर्नुपर्ने हो पोखरेलले भन्नुभयो–‘अर्को कुरा माला लगाइदिने पनि त्यस्तै हुनुपर्ने हो । रुद्राक्ष माला पनि विधिवत् उनेको छ कि छैन, त्यो पनि विचारणीय कुरा छ ।’
पछिल्लो समय रुद्राक्षको माला प्रयोग गर्ने तरिकाबारे जानकारी नै नभएको त्रिभूवन विश्व विद्यालयका अवकास प्राप्त प्राध्यापक कोषराज न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो–‘रुद्राक्षको माला प्रयोग गर्न जान्दैनन्, हिजो अस्ति जान्दथे, ज्ञान थियो, अहिले ज्ञान हराउँदै गएको छ ।’
रुद्राक्ष सहित अन्य माला पनि उन्ने विधि र तरिका भएपनि त्यो विधि तरिकाबारे माला बनाउनेहरु नै जानकार नभएको बताउँदै प्राध्यापक न्यौपानेले भन्नुभयो–‘मुख र पुच्छर मिलाउनु पर्ने हुन्छ, रुद्राक्षको मालामा पनि त्यही नियम हुन्छ । मुख र पुच्छर मिलाएर उनेको माला टुङ्ग्याउने बेलामा दुवैतिरको धागो एकै ठाउँ पारेर एउटा दानो उन्नुपर्छ र सुमेरु बनाउनु पर्छ । फुलको मालामा पनि तरिका त्यही नै हो ।’
‘जप गर्न प्रयोग गर्ने चिज हो रुद्राक्ष’ न्यौपानेले थप्नुभयो–‘लगाउने र उपहार दिने गर्छन्, त्यो लगाएर शौच गर्न जानु हुँदैन ।’
उहाँका अनुसार रुद्राक्षको माला विधिपूर्वक उन्ने काठमाडौंस्थित पशुपतिमा एउटामात्र ठाउँ छ, जहाँ अर्डर दिएको धेरै दिन पर्खनुपर्छ । ‘रुद्राक्षको माला उनेपछि मन्त्रद्वारा प्रशिक्षित पनि गराउनुपर्छ’–प्राध्यापक न्यौपानेले भन्नुभयो । वैदिक मन्त्रद्वारा प्रशिक्षित गरिएपछि मात्रै माला लगाउन योग्य हुने उहाँको भनाई छ ।
माला लगाउन पनि नजानेको बताउँदै उहाँले भन्नुभयो–‘लगाउँदा जहिले पनि सुमेरुलाई माथि पार्नुपर्छ, तल पारेर लगाएको देखिन्छ उहाँले थप्नुभयो–‘सुमेरु पर्वत माथि बस्ने चीज हो ।’
सुमेरु नभएको माला मानिसले लगाउनै नहुने बताउँदै उहाँले भन्नुभयो–‘सुमेरु नभएको माला कि कुकुरलाई कि लासलाई लगाइन्छ ।’
त्यसो त रुद्राक्षको माला लगाउने तरिका पनि ठिक नभएको बताउँदै उहाँले भन्नुभयो–‘माला लगाउँदा पनि उल्टो लगाउने चलन छ । सुमेरु शिरतिर हुनुपर्दछ ।’ आध्यात्मिक व्यक्तित्व पोखरेलले थप्नुभयो–‘मेरा विचारमा धार्मिक कार्यमा मात्र, विधिवत् उनेको रुद्राक्ष माला लगाउनुपर्ने हो जस्तो लाग्छ । अरू कार्यक्रममा रुद्राक्ष माला लगाउँदा शिवको उपेक्षा पो हुन्छ कि !’
सामान्यतया, रुद्राक्ष दानालाई मालाको रूपमा उनिन्छ । परम्परादेखि यो मानिएको छ कि मालामा दानाहरूको संख्या एकसय आठ र एउटा अतिरिक्त (१०८+१) हुनुपर्छ । अतिरिक्त दानालाई सुमेरु (बिन्दु) भनिन्छ । मालामा जहिल्यै पनि एउटा बिन्दु हुनुपर्छ, नत्रभने ऊर्जा चक्रिय (वृत्ताकार) हुन्छ, जसकारण जो मानिसहरू बढी संवेदनशील छन्, उनीहरूलाई चक्कर आउन सक्छ । वयस्कले ८४+१ भन्दा कम दाना भएको माला लगाउनु हुँदैन । त्यो भन्दा बढी जति संख्या भएपनि उचित हुन्छ ।
दानालाई रेशम (कष्पि) वा सुती (अयततयल) को धागोमा उन्नु राम्रो मानिन्छ । हरेक छ महिनामा धागो बदल्नु उत्तम हुन्छ । तर तामा, सुन, चाँदीको तारमा पनि रुद्राक्षको माला उन्ने चलन छ । तर, यसरी उन्दा भने एकदमै विचार पु¥याउनु पर्छ । तारले गाँठो बाँध्दा रुद्राक्षका दाना अत्यन्तै नजिक (टाइट) राखेर गाँठो बाँध्छन् । यदि त्यस्तो भएमा दाना फुट्ने संभावना अधिक हुन्छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने, आफूले लगाएको रुद्राक्ष अरूलाई दिनु हुँदैन वा अरूको रुद्राक्ष लिनु हुँदैन । किन कि, विधिसम्मत उनिएको र मन्त्रद्वारा प्रशिक्षित गरिएको रुद्राक्षले यस्तो स्पन्दन आफूमा सम्मिलित गरेको हुन्छ, जुन व्यक्तिको लागि सहायक हुन्छ वा भनौँ त्यसमा पहिले लगाउने व्यक्तिको केही तत्व रहेको हुन्छ । यही कारणले गर्दा, यस संस्कृतिमा हामीले अरूको हातबाट नुन, तील, कागती लिनुहुँदैन भनिएको हो । रुद्राक्षसंगै यी चिजहरूले अरू कुनै कुराको सम्पर्कमा आउनेबित्तिकै आफूमा त्यसको गुण समाहित गरिहाल्छन् ।
रुद्राक्षलाई नकारात्मक ऊर्जाविरुद्ध एक प्रकारको कवचको रुपमा लिइन्छ । कुनै व्यक्तिले नकारात्मक ऊर्जाको प्रयोग गरी अर्को व्यक्तिलाई हानी पु¥याउन सक्छन् । यो आफैँमा एउटा पूरै विज्ञान हो। चारवटा वेदहरूमध्ये अथर्ववेद आफ्नो फाइदा र अरूको क्षतिको लागि कसरी ऊर्जाहरूको प्रयोग गर्ने भन्नेबारे केन्द्रित रहेको छ ।
जो व्यक्तिलाई लगातार यात्रा गरिरहनुपर्ने हुन्छ वा जसको खाने र सुत्ने ठाउँको ठेगान हुँदैन, ती व्यक्तिहरूका निम्ति रुद्राक्ष असाध्यै राम्रो सहारा मानिन्छ ।
यो आफ्नै ऊर्जाको सुरक्षा कवच बनाउँछ । कुनै नयाँ ठाउँमा तुरुन्तै निदाइन्छ तर कुनै ठाउँमा जाँदा शरीर पूरै थाकेको भएपनि निदाउन सकिंदैन । यस्तो हुनुको कारण वरपरको परिस्थिति शरीरको ऊर्जाका लागि सहायक छैन भने, यसले मन र शरीरलाई स्थिर र शान्त हुन दिँदैन। साधुहरू र सन्यासीहरू निरन्तर यात्रा गरिरहने भएकाले फरक–फरक ठाउँहरू समस्या उत्पन्न गर्ने सम्भावना हुन्छ । उनीहरूको निम्ति कहिल्यै एउटै ठाउँमा दुई रात नबिताउने भन्ने नियम हुन्थ्यो । अहिले एकपटक पुनः मानिसहरू आफ्नो पेशा वा व्यवसायको कारण भिन्न–भिन्न ठाउँहरूमा खाने र सुत्ने गर्न थालेका छन्—त्यसैले, रुद्राक्ष सहयोगी हुन सक्छ । साधु र सन्यासीहरू जुनसुकै पोखरीको पानी पिउँदैनथे, कारण प्रकृतिमा रहेका विभिन्न ग्याँसहरूले गर्दा पानी विषालु वा दूषित भएको हुन सक्दछ । जुन पानी पियो भने, शरीरलाई अपाङ्ग बनाउन सक्दछ वा ज्यान नै लिन सक्दछ ।
तर पानीको शुद्धता जाँच गर्न रुद्राक्ष एउटा यन्त्र हो भन्दा फरक पर्दैन । रुद्राक्षको मालालाई समातेर पानीको माथी झुण्ड्याएमा पानी राम्रो छ वा पिउन योग्य छ भने, रुद्राक्ष दाँयातिरबाट वा घडिको सुईको दिशामा घुम्नेछ; यदि पानी विषालु छ भने, यो बाँयातिरबाट वा घडिको सुईको उल्टो दिशामा घुम्नेछ । जुन कुराको प्राण–ऊर्जा सकारात्मक हुन्छ । रुद्राक्ष एकमुखदेखि ११ मुखेसम्म हुने बताइन्छ । रुद्राक्ष दानामा देखिएको मुखको आधारमा समेत यसका विशेषता र शक्ति फरक–फरक हुने विज्ञहरु बताउँछन् ।
‘रुद्राक्ष मालाको गलत प्रयोग’

































































































