भद्रपुर १७ फागुन । त्रिवेणी टोल विकास संस्था भद्रपुर १० झापाको मंगलबार सम्पन्न तेस्रो साधाराण सभाले काशीनाथ घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
आगामी २ बर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा सृजना उप्रेती प्रसाई , सचिव , किशोर पौडेल र कोषाध्यक्षमा पशुपतिनाथ सुवेदीलाइ सर्वसम्मत चयान गरेको हो । यसै गरी सदस्यहरुमा चन्द्रमाया सापकोटा, शैलेस श्रेष्ठ, उषा बास्तोला, विना भट्टराई , भानुभक्त गुरागाई , हरीसिंह राजबंशी र राजेन राजबंशीलाई रहेका छन् ।
सभामा टोल भित्रका ९५ बर्षिय गणेशबहादुर राउत र ८९ बर्षिया अनुरुपा कार्र्कीलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । सो सभाले मुत्तिनाथ दाहालको संयोजकत्वमा ७ सदस्यीय सल्लाकार समिति समेत गठन गरेको छ ।
वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सचिव मनकुमार डाँगी, हरीकिशोर आचार्य , खड्गबहादुर बुढाथोकी लगायतले मन्तव्य राखेका थिए । मुक्तिनाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यृक्रमको संचालन घिमिरे र स्वागत पुनम भट्टराईले गरेका थिए ।
त्रिवेणी टोलको अध्यक्षमा घिमिरे

































































































