Homeमहिलामहिला सञ्जालले गर्यो महिला स्वास्थ्य चेतना सम्बन्धी कार्यक्रम

महिला सञ्जालले गर्यो महिला स्वास्थ्य चेतना सम्बन्धी कार्यक्रम

तेलगानी १६ फागुन । महिला सञ्जाल विर्तामोड १० को आयोजनामा विर्तामोड नगरपालिका वडा नं.१० का ७ वटा टोल समितिका स्थानीय किशोरी तथा महिला लक्षित स्वास्थ्य चेतनामुलक ३ दिने कार्यक्रम सोमबारदेखि शुरु गरेको छ ।
वडा भित्रका विपन्न तथा पीछडिएको समुदायका किशोरी तथा महिला लक्षित चेतनामुलक कार्यक्रममा महिनावारी हुँदा हुने समस्या, महिनावारीका बेला घर परिवारमा गरिने व्यवहार, प्याडको प्रयोग, प्याडको सही व्यवस्थापन, सरसफाई र त्यसले समग्र स्वास्थ्यमा पार्ने प्रभाव लगायतका विषयमा स्वास्थ्यकर्मी प्रकृति खड्काले सहजीकरण गर्नुभएको थियो ।


महिला सञ्जालकी अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षता तथा विर्तामोड आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुङले समुद्घाटन गर्नुभएको थियो ।
चेतनामुलक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले आफ्ना समस्या खुलेर राख्न आग्रह गर्दै थप सहजीकरणको आवश्यकता परे आफूले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ, विर्तामोड नगरपरिषद सदस्य गीता घिमिरे पोखरेल, भक्तसिं राजवंशी, अर्जुन सिटौला, टोल समितिका तर्फबाट चेतानन्द निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सावित्रा राजवंशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश मेनुका शिवाकोटीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी किशोरी तथा महिलाहरुलाई महिला सञ्जालले गतवर्ष तालिम सञ्चालन गरेपछि तालिम लिएका महिलाहरुले उत्पादन गरेका हेण्डमेड, तथा मेडिकेटेड प्याड वितरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामहिला सञ्जालले गर्यो महिला स्वास्थ्य चेतना सम्बन्धी कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img