HomeFeatured 2स्थानीय निर्वाचनमा एकजुट हुन कांग्रेस नेतृत्वको आग्रह

स्थानीय निर्वाचनमा एकजुट हुन कांग्रेस नेतृत्वको आग्रह

विर्तामोड १५ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले जनसंख्याको आधा हिस्सा ओगट्ने महिला राजनीतिक क्षेत्रमा अग्रसर नभएसम्म समाज परिवर्तन सम्भव नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालय विर्तामोडमा सम्पन्न भातृ एवं शुभेच्छुक संघसंस्थाका जिल्ला प्रमुखहरुको भेलालाई सम्बोधन गर्र्दै केन्द्रीय सदस्य आचार्यले नेपाली कांग्रेसले राष्ट्रिय राजनीति र मुलुकको समृद्धिका लागि गरेका जनमुखी कार्यलाई जनस्तरसम्म प्रचार गर्न भातृ संस्था प्रमुखहरुलाई अपिल गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले आसन्न स्थानीय निर्वाचनमा एकजुट भएर लाग्न कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आह्वान गर्नुभयो ।
कांग्रेसका स्थानीय तहका उम्मेद्वारलाई जिल्लाका सबै पालिका र वडाहरुमा विजयी गराउन योजनाबद्ध रुपमा क्रियाशील रहन निर्देशन दिदै सभापति थेवेले पार्टी संगठनलाई सुदृढ बनाउँदै जनहितमा कार्य गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीका भातृ संस्थाका स्थानीय तहका सबै इकाइलाई चलायमान बनाएर आगामी चुनावमा पार्टीका उम्मेद्वारलाई सबै तहमा विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस १ नं प्रदेश सदस्य फुलवती राजवंशी, भेलामा नेपाल चिया वगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारी, नेपाल दलित संघ केन्द्रीय सदस्य हस्त परियार, झापा सभापति दलबहादुर वि।क।, नेपाल किसान संघ झापाका सभापति राजेन्द्र भट्टराई, नेपाल तरुण दलका सभापति गोपाल तामाङ, नेपाल महिला संघका उपसभापति चन्द्रकला भण्डारी, सचिव टिका मैनाली र उर्मिला पोखरेललगायतले धारणा राख्नुभएको थियो ।
यसैगरी नेपाल विद्यार्थी संघका सभापति राजेन्द्र उप्रेती, प्रजातान्त्रिक महासंघ झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, भू पु सैनिक संघका सभापति लाल थेवे, नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेल, नेपाल तामाङ संघका सभापति कर्णबहादुर तामाङ, नेपाल मगर संघका अध्यक्ष जगतबहादुर मगर, अमिन अली शेख, निजामति कर्मचारी युनियन संघका सभापति कविन्द्रविक्रम नेम्बाङ, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, माया प्रधान, राधा सुब्बा, स्वास्थ्यकर्मी संघका नेत्र दाहाल, कृषि श्रमीक संघका दीपक काफ्ले लगायतले आ–आफ्नो सांगठनिक अवस्थाका बारेमा धारणा राख्नुभएको नेपाली कांग्रेसका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्थानीय निर्वाचनमा एकजुट हुन कांग्रेस नेतृत्वको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img