Homeसमाचार१०६ औं वीपी जन्मजयन्ती मनाइयो

१०६ औं वीपी जन्मजयन्ती मनाइयो

विर्तामोड २३ भदौ । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कांग्रेसको १४ औं महाधिवेशनमार्फत वी.पीको सिद्धान्तलाई पूर्ण रुपमा पछ्याउने कि ? वी.पीको विचार छोड्ने ? भन्ने प्रश्नको निराकरण गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसले वी.पी.को प्रजातान्त्रिक विचारधाराको अनुशरण गरेपनि समाजवादी विचारधाराको पूर्ण अनुशरण गरेमात्रै कांग्रेसको भविष्य सुन्दर हुने बताउँदै यस्तो धारणा राख्नुभएको हो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं २ को आयोजनामा १०६ औं वी.पी जयन्तीको अवसरमा सोमबार जिल्ला पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता शिवाकोटीले वी.पी विश्वमै समाजवाद स्थापित गर्ने नेताको रुपमा स्थापित भएको धारणा राख्नुभयो ।
कम्युनिष्टहरुको हातमा सत्ता परेपछि अभिब्यक्ति स्वतन्त्रता र लोकतन्त्रमाथि खतरा बढेको बताउँदै उहाँले भन्नुभयो–‘चिनमा कम्युनिष्ट सत्ता छ, त्यहाँका जनताले राष्टिूय प्रशारणभन्दा बाहिरको समाचार सुन्न पाउँदैनन्, विचार अभिब्यक्त गर्न पाउँदैनन्। नेपालमा पनि त्यसैको अभ्यासको प्रारम्भिक स्वरुप देखिदैछ, मिडिया काउन्सिल विधेयकको उद्देश्य त्यस्तै देखिन्छ।’ उहाँले अर्थतन्त्रको सवालमा नेपालमा वीपीको समाजवादभन्दा पनि अमेरिकन पूँजीवादलाई भित्रिएको धारणा राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कम्युनिष्टहरुले बुलेटबाट सत्ता प्राप्त गर्ने बाटो रोज्ने गरेको बताउँदै लोकतन्त्रवादीले स्वाभिमान, स्वतन्त्रता र विचारबाट सत्ता प्राप्तिको बाटो खोज्ने गरेको दृष्टान्त पेश गर्नुभयो ।
‘वीपीका विचारको सही अर्थमा अनुयायी भएमात्रै कांग्रेस हुइन्छ’ भन्नुहुँर्दै सभापति थापाले पछिल्लो समय वीपीको विचार ओझेलमा पर्दै गएको धारणा राख्नुभयो ।
झापा क्षेत्र नं(२ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, नेपाली कांग्रेस झापाका सदस्य पार्वता गिरी, नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाई, नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री उमा शिवाकोटी, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, अर्जुनधारा नगर सभापति हेमराज खरेललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
क्षेत्रीय उपसभापति धर्म लक्सम्बाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन किरण श्रेष्ठले गर्नुभएको थियो ।
यसैगरी झापा क्षेत्र नं(१ ले पनि १०६ औं वी.पी जयन्तीको अवसर पारेर राष्टिूय राजनीति र वीपीको विचार सम्बन्धी विचार गोष्ठी सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिव प्रेम सम्बाहाम्फे, दुर्गा खतिवडा, मेचीनगर सभापति इन्द्र बुढाथोकी, अर्जुन राई लगायतले वी.पी.को प्रजातान्त्रिक समाजवादी सिद्धान्त र वर्तमान राजनीतिक परिवेशबारे धारणा राख्नुभएको थियो ।
नेपाल कांग्रेस झापा क्षेत्र नं(१ का सभापति मणि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति हर्क फियाक र सञ्चालन हरि बुढाथोकीले गर्नुभएको थियो ।
यता झापा क्षेत्र नं(४ मा पनि १०६ औं वी.पी जयन्तीको अवसर पारेर विचार गोष्ठी सम्पन्न भएको छ । झापा क्षेत्र नं(४ का सहसभापति भीम प्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्य गोपाल उप्रेती, क्षेत्रीय सचिव शिव कडेल, कनकाई नगर सभापति नेत्र चिमरिया लगायतले मन्तब्य राख्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१०६ औं वीपी जन्मजयन्ती मनाइयो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img