विर्तामोड २३ भदौ । गएराति राति बम विस्फोट गराएको आंशकामा प्रहरीले विर्तामाड–२ चारपानेबाट दुई जना नियन्त्रणमा लिएको छ ।
चारपानेबाट बिहान–४ बजे नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गएराति बिर्तामोड–२ चारपानेमा रहेको सहारा नेपालको निर्माणाधिन कार्यालय र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्ने सवारी साधनमा एकै समयमा बिस्फोटबाट मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो ।

सहारा नेपालको सीसी क्यामेरा फुटेजका आधारमा उनीहरुलाई लिएको प्रहरीले जनाएको छ । घटनामा थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यता सहारा नेपाल सहकारीको मूल गेटमा शक्तिशाली प्रेसर कुकर बम विस्फोट हुँदा सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।
प्रतिबन्धित नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । तर, हालसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

































































































