HomeFeatured 2स्थानीय तह निर्वाचनलाइ लक्षित गरी कांग्रेस झापाले तोक्यो प्रतिनिधि

स्थानीय तह निर्वाचनलाइ लक्षित गरी कांग्रेस झापाले तोक्यो प्रतिनिधि

विर्तामोड ३ फागुन । नेपाली कांग्रेस झापाले स्थानीय तह निर्वाचनलाइ लक्षित गरेर झापाका १ सय ३१ वटा वडामा जिल्ला निर्वाचन प्रतिनिधि खटाउने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज (मंगलबार) सम्पन्न कार्यसमिति एवं क्षेत्रीय सभापतिहरु सहभागी बैठकले झापाका १५ वटा पालिकाका १३१ वटै वडामा निर्वाचन प्रतिनिधि तय गरेको हो ।
‘वडा बलियो भए कांग्रेस बलियो हुन्छ’ भन्ने मुल नीति अवलम्बन गर्दै जिल्ला, क्षेत्र, प्रदेश, गाउँ÷नगर र वडा कार्यसमितिसँग समन्वय गरेर कार्य गर्न निर्देशन गर्दै सबै वडामा जिल्ला प्रतिनिधि खटाइएको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
यसैगरी नेपाली कांग्रेसका भातृ संस्थाहरु नेपाल महिला संघ र तरुण दल एवं आवश्यकता अनुसार अन्य भातृ संस्थाको गाउँ÷नगर अधिवेशन एवं बुथकेन्द्रित समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको सचिव नवीन विमलीले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि पार्टीले उम्मेद्वार तय नगरिकन सामाजिक सञ्जालहरुमा उम्मेद्वारको रुपमा प्रचार–प्रसार नगर्न पनि नेपाली कांग्रेस झापाले सरोकारवाला सबैलाई आग्रह गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले यसअघि नै उम्मेद्वार तय नगरेसम्म सामाजिक सञ्जालमा प्रचार–प्रसार नगर्न निर्देशन दिइसकेको अवस्थामा झापा जिल्ला कार्य समितिले पनि उक्त आग्रह गरेको हो ।
यसैगरी नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद गोपालकुमार बस्नेतलाई बधाई ज्ञापन गर्दै गठनबन्दन दलका सबै मतदाता, जनप्रतिनिधि, चुनाव प्रचार–प्रसारमा खटिने सबै नेता÷कार्यकर्ताहरुमा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
यसैगरी भुमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त हुनुभएकामा झापा भद्रपुर निवासी प्रदेश सांसद ओमप्रकाश सरावगीलाई बधाई दिने निर्णय गरेको बैठकले संगठनको काममा सहयोगी भूमिका निर्वाह गर्ने झापा–काठमाडौं सम्पर्क समितिलाई धन्यवाद दिने शिक्षक महासंघको आसन्न निर्वाचनमा सहयोग गर्न मातहत समितिलाई आह्वान गर्ने निर्णय गरेको बताइएको छ ।
बैठकमा उपसभापतिहरु केशवराज पाण्डे, शेरबहादुर भटराई, पूर्व उपसभापति राम कट्टेल, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, जयनारायण साहले सम्बोधन गर्नुभएको उक्त बैठकलाई सचिवद्वय कृष्ण हुमागाई र नवीन विमलीले सञ्चालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्थानीय तह निर्वाचनलाइ लक्षित गरी कांग्रेस झापाले तोक्यो प्रतिनिधि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img