झापा १ फाल्गुन । झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । माझीलाई आज (आइतबार) विहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक दलकुमार राईको नेतृत्वमा खटिएको टोलीले माझीको घर खानतलासी गर्दा झोलामा लुकाएर राखेको अवस्थामा १ थान कटुवा पेस्तोल समेत बरामद गरेको हो ।

































































































