HomeFeatured 2बिर्तामोड खानेपानी देशभरमा उत्कृष्ट

बिर्तामोड खानेपानी देशभरमा उत्कृष्ट

बिर्तामोड २९ माघ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था नगर विकास कोषको मूल्याङ्कनमा देशभरबाट उत्कृष्ट भएको छ ।
नगर विकास कोषले विभिन्न मापदण्ड राखेर गरेको मूल्याङ्कनका आधारमा देशभरबाट उत्कृष्ट हुन सफल बिर्तामोड खानेपानीलाई कोषले ३४ औ बार्षिकोत्सवका अवसर पारेर यही फागुन २ गते काठमाडौंमा पुरस्कृत गर्ने भएको छ ।
नगर विकास कोषले आह्वान गरेको उत्कृष्ट सेवाग्राहीका रुपमा छनौट भएको जानकारी संगै बिर्तामोड खानेपानीलाई पुरस्कार ग्रहणका लागि निमन्त्रणा गरेको छ ।
२०५२ सालमा स्थापना भएको बिर्तामोड साना शहरी खानेपानी संस्थाका हाल ८ हजार बढी उपभोक्ता रहेका छन् भने ३ वटा ओभरहेड ट्याङ्कीबाट पानी वितरण हुँदै आएको बिर्तामोड साना शहरी खानेपानी संस्थाका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।
दैनिक २ करोड लिटर पानीको क्षमता रहेका ३ वटा ट्याङ्कीबाट हाल दैनिक १ करोड ४० लाख लिटर पानी सप्लाई भइरहेको बताइएको छ ।
कोषले पुरस्कारका लागि स्थलगत अनुगमन, ल्यावको अवस्था, महशुल, प्राविधिक तथा कर्मचारीको दक्षता र व्यवस्थापन, पानीको शुद्धता, लिकेजको अवस्था लगायतका मापदण्डलाई आधार मानेर मूल्याङ्कन गरेको थियो ।
यसअघि पनि एकपटक देशभरकै उत्कृष्ट खानेपानी संस्थाका रुपमा पुरस्कृत भएको थियो । बिर्तामोड खानेपानी संस्थाबाट वितरित पानी २ वर्ष अघि गरेको परीक्षणमा जिल्लामा बोट्लिङ गरेर मिनिरल वाटरका नाममा विक्री गरिने पिउने पानी भन्दा उत्कृष्ट प्रमाणित भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड खानेपानी देशभरमा उत्कृष्ट
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img