Homeसमाचारमगमगमा लागेको आगो नियन्त्रणमा

मगमगमा लागेको आगो नियन्त्रणमा

झापा २९ माघ । मेचीनगर १४ दुवागढीस्थित मगमग चाउचाउ उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा लिन झापा, मोरङ, इलाम र सुनसरीका १५ वटा दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतको प्रयासमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
‘उद्योग परिषरमा रहेको एउटा पक्की घर , तीनवटा तेल ट्यांकी, पछाडिपट्टी रहेका केही सामान मात्रै जोगाीएको बताइएको छ । आगलागीबाट महँगो मेशिनसहित करोडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । एक अर्ब रुपैयाँमा खोलिएको उद्योग पूर्ण रूपमा जलेर खरानी भएको प्रबन्धक निर्देशक बुद्धि घिमिरेले बताउनु भयो । प्रबन्ध निर्देशक घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर खरानी भएको जानकारी दिनुभयो । ” उद्योग नै खरानी भयो, केही पनि जोगाउन सकिएन” घिमिरेले भने । सौभाग्यवश मानवीय क्षति भने भएको छैन । मनषाले मगमग, अकबरे लगायतका चाउचाउ उत्पादन गर्दै आएको थियोे

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमगमगमा लागेको आगो नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img