HomeFeatured 2राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिका बीच सम्झौता

राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिका बीच सम्झौता

झापा २५ माघ । राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिका बीच भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता भएको छ ।
आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग विच दुई पक्षीय सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलकसिंह पाण्डे, सदस्य दाताराम खनाल, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा नगरपालिकाले भूमिहिन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । यस पछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय भूमि आयोगले दोश्रो चरणमा बिर्तामोड नगरपालिकालाई छनौट गरेको हो । आयोगले पहिलो चरण अन्तरगत झापाका दमक, कनकाई, शिवसताक्षी र बुद्वशान्तिलाई छनौट गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिका बीच सम्झौता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img