विर्तामोड २५ माघ । नेकपा समाजवादी पार्टी निकट पत्रकार तथा संचारकर्मीहरुको संस्था समाजवादी प्रेस संगठनको झापा जिल्ला कमिटी गठन भएको छ । विर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित विशेष समारोहका बीच पत्रकार अनिलदेव राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी भएको हो ।
समितिको उपाध्यक्षान दिलिप थापा र सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द लुवागुन चयन भएका छन भने कोषाध्यक्ष कमल बुढाथोकी रहेका छन् ।
१५ सदस्य कमिटीको सदस्यहरुमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई चयन भएका छन् ।
केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलको सभापतित्व भेलामा समाजवादीका केन्द्रीय सदस्य निलमणि बराल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, विर्तामोड नगर अध्यक्ष श्री सिटौला, अग्रज पत्रकारहरु लीला बराल, धर्मेन्द्र मामा, जीएन शर्मा, लगायतको उपस्थिति थियो ।
अनिलको अध्यक्षताम समाजवादी प्रेस संगठन झापा गठन

































































































