HomeFeatured 2उत्तरी झापाका हात्ती पीडितले समस्या समाधानकाे माग राख्दै बुझाए ज्ञापन पत्र

उत्तरी झापाका हात्ती पीडितले समस्या समाधानकाे माग राख्दै बुझाए ज्ञापन पत्र

भद्रपुर १७ माघ । पछिल्ला केही महिनायता हात्तीको उपद्रो तीव्रगतिमा बढ्दै गएपछि पूर्वउत्तरी झापाका पीडितहरूले सुरक्षाको माग राख्दै सरकारका ७ निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।
हात्ती पीडित संघर्ष समिति बुद्धशान्तिका संयोजक भवानीप्रसाद ढकालको नेतृत्वमा आएको टोलीले अविलम्व समस्या समाधान गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय, वन डिभिजन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा हरेक रात बस्तीमा पसेर घर टहरा लगायत धनजनको क्षति बढेको, पीडितलाई राहत दिने प्रकृया ढिलो हुँदा पीडामाथि पीडा थपिएको, रैथाने रूपमा रहेका हात्तीको झुण्डलाई व्यवस्थापन गर्ने नीति लिएर गाउँ बस्ती पस्न नदिन कडा सुरक्षा व्यवस्था हुनुपर्ने लगायत माग राखेर ज्ञापन पत्रमा समेटिएको छ ।
ज्ञापन पत्र बुझाउँदै अध्यक्ष ढकालले पीडित नागरिका समस्या अविलम्ब समाधान नभए बन्द, हड्ताल, घेराउँ जस्ता कठोर आन्दोलन गर्ने बाध्य हुने चेतावनी समेत दिएका छन् ।
झापामा १४ वटा हात्ती विभिन्न झुण्ड बनाएर बाहुण्डाँगीदेखि घेरावारीसम्मका पूर्वी उत्तर दक्षिणी गाउँ बस्तीका विभिन्न स्थानमा पुगेर बालीनाली नोक्सान गर्ने, जनधनमा क्षति पुर्याउने गरेको भए पनि सरकारी पक्षले हात्ती नियन्त्रणका लागि पर्याप्त चासो नदिएको पीडितहरूको गुनासो रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2उत्तरी झापाका हात्ती पीडितले समस्या समाधानकाे माग राख्दै बुझाए ज्ञापन पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img