HomeFeatured 2प्रेस युनियनको अक्षयकोषमा गिरी र मैनालीद्वारा ३६ हजार बढी सहयोग

प्रेस युनियनको अक्षयकोषमा गिरी र मैनालीद्वारा ३६ हजार बढी सहयोग

विर्तामोड १२ पुस । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषका लागि दुईजना सामाजिक ब्यक्तित्वबाट ३६ हजार १०५।– रुपैया सहयोग प्राप्त भएको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समितिका अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी एवं अष्ट्रेलिया जनसम्पर्क समितिको तर्फबाट २५ हजार रुपैयाँ एवं नेपाली कांग्रेस क्षेत्र नं–२ प्रदेश (ख) का उपसभापति गंगाप्रसाद मैनालीले अक्षयकोषका लागि ११ हजार १०५ ।– रुपैयाँ प्रदान गर्नुभएको हो ।
नेपाली कांग्रेस झापाको पदहस्तान्तरण कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि डिल्ली सिटौला, सभापति उद्वव थापा, कृष्ण गिरीका बुवा एवं कांग्रेस झापाका सदस्य एलबहादुर गिरी र मामा तेजबहादुर गिरी एवं गंगाप्रसाद मैनालीले प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्यद्वय लोकराज ढकाल र कृष्ण हुमागाई, सल्लाहकार राजेन्द्र गौतम, सचिव डिल्लीराम घोसाई, केन्द्रीय पार्सद एवं नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुशिला संग्रौला, प्रदेश पार्षद ज्ञानेन्द्र निरौला, सुरेन्द्र भण्डारी, रणदेव हजाम, अनुसा चुडाल लगायतलाई हस्तान्तरण गर्नुभएको हो ।
झापाको अर्जुनधारा–५ का स्थायी बासिन्दा कृष्ण गिरी रोजगारीका सिलसिलामा अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ भने झापासहित नेपालका विभिन्न सामाजिक संघसंस्थाहरुलाई सहयोग समेत प्रदान गर्दै आउनुभएको छ ।
नेपाल प्रेस युनियन झापाले संस्थाका गतिविधि सञ्चालन एवं पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धि, उपचार सहयोग एवं पत्रकारहरुको सर्वाङ्गीण हितमा खर्च गर्ने गरी अक्षयकोषको स्थापना शुरु गरेको हो ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शिव कडेल दम्पत्तीले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेपछि लगभग डेढ महिनाअघि शुरु गरिएको अक्षयकोषमा सामाजिक ब्यक्तित्व ओम–पार्वता विमली दम्पतीले ११ हजार १ सय १० रुपैयाँ सहयोग गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रेस युनियनको अक्षयकोषमा गिरी र मैनालीद्वारा ३६ हजार बढी सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img