Homeसमाचारस्वरोजगार भवानीको १४ औं बार्षिक साधारणसभा सम्पन्न

स्वरोजगार भवानीको १४ औं बार्षिक साधारणसभा सम्पन्न

विर्तामोड १२ पुस । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४ बार्षिक साधारणसभा तथा दोस्रो एकीकरणसभा र माइन्युट प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ शाखा, उत्कृष्ठ कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
उत्कृष्ठ सेवा केन्द्रका रुपमा २१ वटा सेवा केन्द्र मध्ये चारआली, गरामनी सेवा केन्द्र र खुदुनावारी सेवा केन्द्रलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थामा योगदान पुर्याउने उत्कृष्ठ कर्मचारीका रुपमा हरिप्रसाद भट्टराई, शिवलाल दाहाल, मनोज सापकोटा, प्रेमकला फुयाल, इन्दिरा दाहाल, सोविता साँवा, सावित्रा थापा, देविका घिमिरे, डम्बरकुमारी बस्नेत, लोचना ओली लगायतलाई सम्मान गरिएको संस्थाका सचिव मनोज भट्टराईले जानकारी दिनुभयो ।
संस्थाको बार्षिक गतिविधि समेटिएको बार्षिक प्रतिवेदन अध्यक्ष बस्नेतले प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशेष अतिथि विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, राष्ट्रिय सहकारी बैंक विर्तामोडका प्रमुख विवेक डाँगी, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, उद्यमी संघ झापाका अध्यक्ष निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सहकारीले अब बचत र ऋणमात्र प्रवाह गरेर सदस्यलाई समृद्ध बनाउन नसकिने बताउँदै उत्पादनका क्षेत्रमा लाग्नुपर्ने धारणा राख्नु भयो । आयातले मात्र जीवन धानेको वर्तमानलाई चिर्न सदस्यलाई उत्पादनका क्षेत्रमा लगाएर उनीहरुको उत्पादनलाई बजारसम्म जोड्ने अभियान नै सञ्चालन गर्नुपर्ने अध्यक्ष ढकालको धारणा थियो ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २४ लाख ५५ हजार ७ सय ६१ रुपैयाँ खुद नाफा आर्जन गरेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
३७ हजार ३ सय १८ जना शेयर सदस्य रहेको संस्थाले आगामी वर्ष ५१ हजार शेयर सदस्य पुर्याउने लक्ष्य राखेको छ भने २ करोड ३० लाख १ हजार ५ सय रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य राखेको छ ।
विभिन्न ७ प्रकृतिका बचत कार्यक्रम सञ्चालन गर्दै आएको स्वरोजगारले सुत्केरी पोषण, मृत्यु राहत, अवसान राहत, स्वास्थ्य रातह, एकल/ज्येष्ठ सदस्य राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्थापनाको १४ औं वर्षमा आइपुग्दा ९ वटा सहकारी एकीकरण गरी स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका रुपमा सञ्चालित छ । सहकारीले ६ स्थानमा सेवा केन्द्र विस्तारका लागि प्रस्ताव गरेको छ । कमला थापा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनोज भट्टराईले सञ्चालन गरेको विभागीय प्रमुख रुपन चाम्लिङले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारस्वरोजगार भवानीको १४ औं बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img