Homeसमाचारकोभिड विरुद्धको लडाँईका स्वयसेवकलाई सम्मान

कोभिड विरुद्धको लडाँईका स्वयसेवकलाई सम्मान

कचनकवल ७ पुस । कोभिड विरुद्धको लडाँईमा स्वयसेवकका रुपमा स्वतस्फूर्त खटेका स्वयंसेवकलाई कचनकबलमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
कोभिड पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोरोना संक्रमणको अत्यन्तै जोखिमपूर्ण अवस्थामा विगत २ वर्षदेखि स्वयंसेवकका रुपमा खटिएका युवाहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति ढकालले जोखिम मोलेर सेवामा समर्पित युवाहरुले मानवीय सेवाका क्षेत्रमा पुर्याएको योगदान अबस्मरणिय र अनुकरणीय रहेको बताउनु भयो ।
रेडक्रस सोसाइटी घेराबारी उपशाखाका सभापति बोलोराम राजवंशीले स्वागत गरेको कार्यक्रममा कचनकवल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने संचालन रेडक्रसका अधिकृत भक्त बिस्वकर्माले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोभिड विरुद्धको लडाँईका स्वयसेवकलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img