Homeसमाचारव्यवसायिक आचारणको बेवास्ताले कानुन व्यवसाय बदनाम भएको भन्दै चिन्ता

व्यवसायिक आचारणको बेवास्ताले कानुन व्यवसाय बदनाम भएको भन्दै चिन्ता

भद्रपुर ७ पुस । झापाका कतिपय कानुन व्यवसायीहरुले व्यवसायीक आचारसंहिता विपरित आर्थिक प्रलोभनमा व्यवयाय संचालन गर्ने गरेको भन्दै झापाका अग्रज कानुन व्यवसायीहरुले आपत्ती जनाएका छन् । बार एशोसिएसनको ६६ औ तथा झापा बारको ५७ औ स्थापना दिवसको अवसरमा झापा बारद्वारा चन्द्रगढीमा बुधवार आयोजित कार्यक्रमका बीच सहभागी कानुन व्यवसायीले कतिपय व्यवसायीले व्यवसायिक आचारसंहितालाई बेवास्ता गर्दा कानुन व्यवसाय बद्नाम हुन थालेको बताएका छन् ।
कानुन व्यवसायीहरुले व्यवसायको आचारसंंहिता विपरित गएर सबै कानुन व्यवसायीहरुलाई नै बद्नाम गराउने उद्देश्यले कतिपय कानुन व्यवसायीहरुले व्यवसाय गर्न नुहनेमा उहाँहरुको जोड छ ।
पक्षको मुद्दा हेर्ने क्रममा पक्षलाई नै विभिन्न आर्थिक प्रलोभन देखाएर मुद्दामा सेटिङ्ग मार्फत व्यवसाय संचालन गर्दा एशोसियसनलाई नै बद्नाम गराउने उद्देश्यले व्यवसाय गर्ने गरेको उहाँहरुको भनाई छ ।
कार्यक्रममा बरिष्ठ अधिबत्ता टंकप्रसाद उप्रेतीले झापाका कतिपय कानुन व्यवसायीहरुले व्यवसायलाइ धज्जी उडाउदै पैसाप्रतिको मोहका कारण कानुन व्यवसायमा विकृति फैलाउने गरेको बताउनु भयो । उहाँले त्यस्ता प्रकारका हर्कत गर्ने कानुन व्यवसायीहरुलाई झापा बारले कारवाही गर्दै पक्षसंग गरिने अत्याधिक मात्राको लेनदेनको पैसाको सेटिङ्ग बन्द गराई झापा बारमा शुद्धता ल्याउनु पर्नेमा जोड दिनुभयो ।
एशोसियसनका पुर्व अध्यक्ष अशोक कुमार पोखरेलले कानुन व्यावसायीहरु जहिले पनि व्यवसायप्रति प्रतिबद्ध भएर लाग्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला अदालत झापाका मुख्य न्यायधीस गिरीराज गौतमले बार र बेन्च वीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिदै आफुहरुले अदालतका कमीकमजोरीहरुलाई सच्याउदै निश्पक्ष न्याय प्रदान गर्नमा अदालत प्रतिवद्ध भएर लाग्ने बताउनु भयो ।
कार्यक्रममा एशोसियसनक झापाका पूर्व अध्यक्ष लेखनाथ निरौला, कानुन व्यवसायी कविता शर्मा, बुसन्त नेपाल नारायण प्रसाद भट्टराई लगायतले बोल्दै सम्पूर्ण कानुन व्यवसायीहरुले व्यवसायीक आचारसंहिता भन्दा माथि जान नहुनेमा जोड दिनुभयो ।
एशोसियसन झापाका अध्यक्ष हरी अधिकारीको अध्यक्षता तथा सचिव हेमकला कट््रटेलको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कमला आचार्यले गर्नुभएको थियो ।
स्थापना दिवसको सन्दर्भ पारेर व्यवसायीक शुद्धता सरसफाई लगायतका कार्यक्रम गर्दै ३ दिनयता सञ्चालित औपचाािरक कार्यक्रमको आज समापन गरिएकोे बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारव्यवसायिक आचारणको बेवास्ताले कानुन व्यवसाय बदनाम भएको भन्दै चिन्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img