चारआली ७ पुस । पं. नारायणप्रसाद भट्टराईद्वारा लिखित आत्मसंस्मरण ‘सम्झनाका बाछिटा’ नामक कृतिको बुधबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा आयोजिक कार्यक्रममा ९० वर्षीय पं. भट्टराईले जीवन जीउने क्रममा भोगेका अनुभवहरू संगालिएको नयाँ कृति सम्झनाका बाछिटाहरूको प्रमुख अतिथि पोखरेल, विशेष अतिथि प्राध्यापक कोशराज न्यौपानेसहितले सामुहिक रूपमा विमोचन गर्नु भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरेलले आत्मसंस्मरण नितान्त व्यक्तिगत अनुभव भएको बताउँदै नयाँ कृतिका रूपमा आएको सम्झनाका बाछिटाहरूले नयाँ पुस्तालाई त्यो बेलाको समय, परिस्थिति र परिवेश बुझ्ने एउटा दर्विलो माध्यम भएको बताउनु भयो ।
शिवराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकार्पित कृतिमाथि प्राध्यापक तारा विविधले समीक्षा गर्नु भएकोे थियो ।
कार्यक्रममा साहित्यकार पुन्यप्रसाद खरेल, प्रेमप्रसाद भट्टराई, विश्व थापा, राधा पोखरेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
ताप्लेजुङको बोझेमा जन्मिएका पं. भट्टराईले थाकथलोको जन्म, हुर्काई, परिवेश, गृहस्थ जीवन, थाकथलोलाई छोडेर कर्म थलोका रूपमा झापाको भोगाईका बारेमा उल्लेख गर्नु भएकोे छ । दुईसय ४० पृष्ठ लामो पुस्तकको प्रकाशन छोरा दुष्यन्त भट्टराईले गर्नु भएको छ ।
राधा पोखरेलले स्वागत र शिवराज पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा मिना अधिकारीले कविता वाचन गर्नु भएको थियो ।
९० वर्षीया नारायणप्रसादको ‘सम्झनाका बाछिटा’ बिमोचित

































































































