विर्तामोड २४ मंसिर । कालिका बहुद्देश्यीय सहकारी संस्था अर्जुनधारा–९ ले एक आर्थिक बर्षमा ३६ लाख १४ हजार ७ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
संस्थाको १९ औं बार्षिक साधारणसभाका अवसरमा कालिकापीठ कालीस्थानमा आयोजित कार्यक्रममा संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष कर्णबहादुर तामाङले आ.ब. ०७७–०७८ मा सो बराबरको मुनाफा भएको जानकारी दिनुभयो ।
६ सय १९ जना पुरुष, ६ सय १४ जना महिला र ६० वटा समूह गरी १ हजार २ सय ९३ सदस्य रहेको संस्थाको शेयर पुँजी १ करोड ३४ लाख, ४८ हजार ६ सय रहेको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
संस्थाले यसअघि सञ्चालनमा रहेको उपभोक्ता भण्डारलाई बृद्धि गरेर चालु आ.व.मा मिनी डिपार्टमेन्ट स्टोरमा परिणत गर्ने, तेल–खाद्यान्न एवं पिठो मिल सञ्चालनमा ल्याउने, संस्थाले उत्पादन गरेका सामग्री एवं दैनिक उपभोग्य सामग्रीको विक्रीवितरण विर्तामोडको कृषिथोकस्थित विक्री केन्द्रबाट गर्ने लगायतका नीति अघि सारेको छ ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा विभिन्न विधामा उत्कृष्ठ ९ जना ब्यक्तिहरुलाई सम्मान गरिएको छ । संस्थाले जेष्ठ शेयर सदस्यतर्फ ज्ञानबहादुर भट्टराई र रुक्मिणा बराल, असल बचतकर्ता सरिता पौडेल, अपाङ्गता भएका बचतकर्ता मंगलीमाया तामाङ, संस्थाले सञ्चालन गरेको उपभोक्ता भण्डारबाट उपभोग्य बस्तु खरिद गर्ने उत्कृष्ठ खरिदकर्ता कमला तामाङ, प्रथम हवाई टिकट खरिदकर्ता दिपा मिश्र, असल उद्यमी दिपक हुमागाई र मायादेवी शिवाकोटीलाई सम्मान गरेको हो ।
सम्मानित सबैलाई प्रमुख अतिथि, विशेष अतिथि र संस्थाका अध्यक्षले दोसल्ला एवं प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशेष अतिथि एवं जिल्ला सहकारी संघका लेखा समिति सदस्य प्रल्हाद सापकोटा, समुन्नत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल पौडेल, डिल्लीराम घोसाईँ, भक्तबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष कर्णबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष योगप्रसाद मिश्र र सञ्चालन सचिव केदार पोखरेलले गर्नुभएको थियो । लेखा समितिको प्रतिवेदन लेखा संयोजक गोपालकृष्ण खतिवडाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं–१० का वडाध्यक्ष बलदेव गोम्देन, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, कालिका बहुद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष पदमलाल श्रेष्ठ, सल्लाहकार डम्बर बस्नेत, कृष्ण चापागाई, दुर्गालाल श्रेष्ठ, कालिकापीठ कालीस्थानका उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र, मनास्लु युवा क्लवका अध्यक्ष मनोज गोम्देन, कालीस्थान मा.वि.का प्र.अ. इन्द्रप्रसाद उप्रेती, शेखरनाथ अधिकारी, डिल्ली घोर्साई लगायतको उपस्थिति रहेको थियो ।
कालिका बहुद्देश्यीय सहकारीको मुनाफा ३६ लाख १४ हजार बढी

































































































