विर्तामोड २४ मंसीर । महिला हिंसाको वर्तमान अवस्थामा कानूनी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम विर्तामोडमा सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन आज महिला उद्यमी संघ नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष नैनकला भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विर्तामोड नगरपालिका वडा नं.–१ का वडाध्यक्ष अग्नी पाण्डे, वडा सदसय कमला महरा, वडा सचिव टिका अधिकारी, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रसाईले हिंसा अन्त्यको शुरुवात आफैंबाट गर्नुपर्नेमा जोड दिंदै नकारात्मक पक्षलाई त्यागेर सकारात्मक बन्न सिक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महिला उद्यमी संघ झापाका महासचिव सर्मिला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा पोखरेलले गर्नुभएको थियो । एकसय भन्दा बढी महिला सहभागी कार्यक्रममा कानूनी शिक्षाबारे अधिवक्ता कोपिला बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

































































































