Homeमहिलासहारा महिला बक्तृत्वकला प्रतियोगिताको उपाधी सिम्रीकालाई

सहारा महिला बक्तृत्वकला प्रतियोगिताको उपाधी सिम्रीकालाई

विर्तामोड २३ मंसीर । वीरता लेडी जेसीजले आयोजना गरेको सहारा महिला बक्तृत्वकला प्रतियोगिताको उपाधी न्युटन एजुकेशन एकाडेमीकी सिम्रीका बोहराले हात पारेकी छन् ।
विर्तामोडको इन्द्रेणी ब्याङक्वेटमा आयोजित फाइनल प्रतियोगितामा १३ प्रतिष्पर्धीलाई पछि पार्दै सिम्रीका प्रथम भएकी हुन् । उनले २१ हजार नगद, ट्रफी र शिल्ड हात पारिन ।
त्यसैगरी सूर्योदय स्कूल दमककी सेलिया श्रेष्ठ दोस्रो र हिमाली मावि भद्रपुरकी निर्जला कट्टेल तेस्रो भएका थिए । उनीहरुले क्रमशः ११ हजार र ५ हजार १ सय नगद तथा ट्रफी र शिल्ड हात पारेका हुन् ।
यसअघि जुममार्फत गरिएको प्रतियोगितामा सहभागि १३४ प्रतिष्पर्धी मध्येबाट उत्कृष्ठ १५ जना छनौट भएका थिए । प्रतियोगितामा निर्णायकको भूमिका नेपाल जेसीजकी पूर्व कार्यकारिणी उपाध्यक्ष रिता न्यौपाने, सावित्रा दाहाल र पुष्पाञ्जली सिन्हाले गरेका थिए ।
सहारा नेपालका प्रबन्ध निर्देशक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निषेस चापागाँई, मातृ शाखाका तर्फबाट वीरता जेसीजका अध्यक्ष राजीब धिमाल, बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संगीता गिरी, आस्था वाचन युनिता दवाडी र सञ्चालन महासचिव हिमा पौड्यालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलासहारा महिला बक्तृत्वकला प्रतियोगिताको उपाधी सिम्रीकालाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img