केशब चापागाईं
मदरगाछ २३ मंसिर । झापाको झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिकालाई पराजित गर्दै मेचीनगरले उपाधी कब्जा गरेको छ।
झापा गाउँपालिका–७ को जनकल्याण माविको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मेचीनगरले ९२ रनले झापालाई पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो। २०१ रनको विजयी लक्ष्य पछ्याएको झापाले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाई १०८ रन मात्र बनाउन सक्यो।
मेचीनगरको व्याटिङतर्फ क्षीतिज पोर्तेलले ६५ बलमा सेन्चुरी पुरा गर्दै १०२ रन, सुरज केसीले २७ बलमा ४० रन र राजु बिश्वकर्माले ४ बलमा ११ रन जोडे।झापाको बलिङतर्फ सज्जाद आलमले २ विकेट,प्रदिप कुमारले ३ विकेट र अंकित दासले २ विकेट लिए।
त्यस्तै दोस्रो इनिंगमा झापाको व्याटिङमा दुखिया राजंबंशीले २८ रन,सज्जाद आलमले १५ रन बनाए भने अरु व्याट्समेनहरुले दर्बिलो अंक जोड्न सकेनन।बलिङ तर्फ मेचीनगरका प्रेम सिंहले ३ विकेट,राज थापाले १ विकेट,राजु बिश्वकर्माले २ विकेट र संदिप ढुंगानाले १ विकेट लिए।
यो सँगै विजेता बनेको मेचीनगरले ४० हजार नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता टिम झापाले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। खेलमा म्यान अफ द म्याच,वेस्ट व्याट्समेन र म्यान अफ द सिरिज मेचीनगरका क्षितिज पोर्तेल घोषित भए।त्यस्तै प्रतियोगितामा वेस्ट वलर बाह्रदशीका अल्मास आलम, वेस्ट विकेट किप्परमा झापाका संजय पौडेल र फेयर प्ले अवार्ड सगरमाथा युथ क्लब घोषित भयो।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं–७ को संयुक्त आयोजनामा जारी प्रतियोगिताको समापन कार्यक्रममा क्लबका अध्यक्ष रोहित कर्णको अध्यक्षता र वडा नं–७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो भने समाजसेवीहरु सखिचन्द्र ठाकुर, तेज श्रेष्ठ, रोहित पोद्धार, बालकृष्ण सिटौला लगायतको उपस्थिती रहेको थियो।
अध्यक्ष कप क्रिकेटको उपाधी मेचीनगर नगरपालिकालाई

































































































