मेचीनगर २३ मंसीर । झापाको काँकरभिट्टाबाट सप्तरंग–३ यात्रा सुरु हुने भएको छ । भोली मंसीर २४ यस कार्यक्रम पूर्वी भागबाट सुरु हुने भएको हो ।
नेपालका सातै प्रदेशमा ‘सप्तरंग–३’को आयोजना हुने सो कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु सहभागी हुँदैछन् ।
गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा हुने ‘सप्तरंग–३’ ले सातै प्रदेशमा हजारौ दर्शक माझमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत् प्रष्ट्याउनु नै ‘सप्तरंग’को मूल आशय स्वरुप आयोजना हुन लागेको हो ।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकारले प्रस्तुति दिने आयोजक समिति प्रदेश न १ का कार्यक्रम संयोजक बिकास घिमिरेले जानकारी दिनुभयो ।
पहिलो र दोस्रो संस्करण सम्पन्न भइ सकेको कार्यक्रम तेस्रो पटक काकँरभिट्टामा हुन लागेको हो । २४ मसीरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मसीर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरु पूर्वी नेपालको काँकरभिट्टा आउँदै छन ।
राजेश हमाल, प्रमोद खरेलसहित ख्याती प्राप्त कलाकार काँकरभिट्टा आउँदै

































































































