Homeसमाचारकांग्रेस १४ औं महाधिवेशन: झापामा निर्वाचन कार्यतालिका र निर्वाचन स्थलको चयन

कांग्रेस १४ औं महाधिवेशन: झापामा निर्वाचन कार्यतालिका र निर्वाचन स्थलको चयन

विर्तामोड ३० कात्तिक । नेपाली कांग्रेस झापाले आसन्न चौधौं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका तय गरेर निर्वाचन स्थल चयन गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न कार्यसमिति, क्षेत्रीय एवं प्रदेश क्षेत्रीय सभापति र गाउँ/नगर सभापति र निर्वाचन समिति संयोजक एवं सदस्यहरु सहभागी संयुक्त बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका तय गर्दै निर्वाचन स्थल चयन गरेको हो । यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछ ।
मंसिर २ गते ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ : ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । मंसिर ३ गते विहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएपछि मतगणना गरिने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिनुभयो ।
प्रदेश क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं १ (क) मा काँकरभिटा सामुदायिक बनको भवन, ख का लागि हातेमालो सामुदायिक बन समितिको भवन, झापा क्षेत्र नं–२ प्रदेश क का लागि अनारमनी पब्लिक क्याम्पस विर्ताबजार, ख का लागि ने।का। अर्जुनधारा नगर समितिको कार्यालय, झापा क्षेत्र नं–३ प्रदेश क का लागि ने।कां भद्रपुर २ नं वडा कार्यालय पृथ्वीनगर, ३ ९ख० का लागि रामजानकी मन्दिर गोल्धाप, हल्दिबारी–१, झापा क्षेत्र नं ४ क को उद्योग बाणिज्य संघ सुरुङ्गा, ख को दुधे मा।वि।, र झापा क्षेत्र नं–५ क मा गौरादह कृषि क्याम्पस र ख का लागि नेपाली कांग्रेस दम नगर समितिको कार्यालयलाई निर्वाचन स्थल तय गरिएको छ ।
यसैगरी मंसिर ६ का लागि तय गरिएको क्षेत्रीय निर्वाचनका लागि मंसिर ५ गते निर्वाचन पूर्वतयारीका कार्यक्रम पूरा हुनेछन् । जस अन्तरगत मंसिर ५ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मंसिर ६ गते विहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ भने मतदान सम्पन्न भएपछि मतगणना गरिने जनाइएको छ ।
झापाका पाँचवटा क्षेत्रमध्ये झापा क्षेत्र नं–१ मा टाउन हल धुलाबारी, क्षेत्र नं–२ मा जिल्ला पार्टी कार्यालय, ३ को सि।टी। गार्डेन भद्रपुर, ४ को उद्योग बाणिज्य संघ सुरुङ्गाको कार्यालय र क्षेत्र नं–५ को गौरादह कृषि क्याम्पसलाई निर्वाचन स्थल तय गरिएको छ ।
मंसिर १० गते हुने नेपाली कांग्रेस झापाको निर्वाचन अग्रसेन भवन विर्तामोडमा हुनेछ । यसैगरी मंसिर १० गते हुने निर्वाचनका लागि मंसिर ९ गते नै मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछन् ।
मंसिर ९ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मंसिर १० गते विहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि झापाका लागि निर्वाचन अधिकृत सुवोधबाबु चिलवाल, सदस्यहरु नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल, डि।एल।ए। झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायत सहभागी उक्त बैठकले निर्वाचन कार्यतालिका र केन्द्र तय गरेको हो ।
मंसिर ६ गते सम्पन्न हुने निर्वाचनबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुबीच महासमिति सदस्य चयनमा आपसी सहमति नभएको अवस्थामा मंसिर ९ गते मनोनयन दर्ता र १० गते मतदान हुने कांग्रेस प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेस १४ औं महाधिवेशन: झापामा निर्वाचन कार्यतालिका र निर्वाचन स्थलको चयन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img