HomeFeatured 2'आन्तरिक चुनाव भड्किलो नबनाऊ'

‘आन्तरिक चुनाव भड्किलो नबनाऊ’

विर्तामोड ३० कात्तिक । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनका लागि झापाका प्रमुख निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पार्टीको आन्तरिक निर्वाचनको छनौट प्रक्रियामा तडक–भडकपूर्ण प्रचार शैली नअपनाउन आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकलाई आज सम्बोधन गर्दै निर्वाचन अधिकृत चिलवालले समाजवादी पार्टीको आन्तरिक चुनावलाई समाजवादी ढंगले नै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले विपक्षी दलसँगको जस्तो नगरी मित्रवत प्रतिष्पर्धा गर्न उम्मेद्वारहरुलाई आग्रह गर्नुभयो ।
सभापतिका दुवै उम्मेद्वार राम कट्टेल र देउकुमार थेवे आफ्नो दुई कार्यकालका उपसभापति भएको हुँदा जसले चुनाव जितेपनि आफ्नो दुवै हातमा लड्डु प्राप्त भए बराबर सम्झने बताउनुभयो ।
जिल्ला कार्यसमितिको बैठकमा सँगै बसेका सभापतिका दुवै उम्मेद्वार थेवे र कट्टेलले आफूहरु लोकतान्त्रिक पार्टीको संस्कारयुक्त कार्यकर्ता भएको हुँदा आपसमा मित्रवत प्रतिष्पर्धा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2'आन्तरिक चुनाव भड्किलो नबनाऊ'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img