दमक २९ कात्तिक । गत कात्तिक ११ गतेदेखि वेपत्ता भएका गौरादह–५ का मबेसिर मियाँको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सो वडाका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राऊ पर्नेमा झापा गौरादह–५ का ३१ वर्षिय महम्मद सद्दाम र उनकी २८ वर्षीया श्रीमती सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान र उनकी २२ वर्षीया श्रीमती रुक्सान खातुन र ३८ वर्षका कुर्समान खातुन रहेका छन् ।
वेपत्ता हुसेनको खोजी गर्ने क्रममा प्रहरीले कात्तिक २६ गते दिउँसो आरोपित महमद सद्दामको घर खानतलासी गर्ने क्रममा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिएको, उक्त कोठादेखि दक्षिणतर्फ बाहिर ट्वाइलेट रही सो ट्वाइलेटको सेफ्टी ट्यांङ्कीमा गोबरले लिपपोत गरी गोबरको गुईठा बनाई सेफ्टी ट्यांङ्कीमाथि चाङ लगाई सेफ्टी ट्यांकीको ढकन छोपिएको देखेपछि शंका लागेर प्रहरीले गुईठाहरु हटाई सेफ्टी ट्यांङ् भित्र खोजी गर्दा मबेसिर हुसेन मियाँलाई घातक हतियार प्रयोग गरी हत्या गरेर कम्बलमा पोको पारी सोही सेफ्टी ट्यांङ्कि भित्र फालिएको अवस्थामा दुर्गन्धित शब फेला पारेको थियो ।
फेला परेको लास पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा लगिएको थियो ।
प्रहरीले मबेसिरको हत्यामा प्रयोग गरिएका घरेलु घातक धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कात्तिक ११ गतेदेखि हराएका मबेसिरको खोजी गरिदिन माग गर्दै उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।
गौरादहका मबेसिरको हत्या आरोपमा ५ जना पक्राऊ

































































































