Homeसमाचारअग्रजहरुको शर्मालाई भद्र सहमति नतोड्न आग्रह

अग्रजहरुको शर्मालाई भद्र सहमति नतोड्न आग्रह

विर्तामोड २९ कात्तिक । नेपाली कांग्रेस झापाका अग्रज नेताहरुले १३ औं महाधिवेशनमा भएको भद्र सहमति नतोड्न पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मालाई आह्वान गरेका छन् । १३ औं महाधिवेशनमा वर्तमान सभापति उद्वव थापालाई निर्विरोध बनाउन सभापतिका तत्कालीन उम्मेद्वार देउमान थेवेले उम्मेद्वारी फिर्ता लिएको र त्यहीबेला १४ औं महाधिवेशनमा थेवेलाई सभापति बनाउने भद्र सहमति भएको भन्दै सहमति नतोड्न हस्ताक्षरकर्तालाई आह्वान गरेका हुन् ।
आसन्न १४ औं महाधिवेशनमा झापा सभापतिका उम्मेद्वार देउमान थेवेको सचिवालय उद्घाटन कार्यक्रममा उपस्थित भद्र सहमतिमा हस्ताक्षर गर्ने अग्रज नेताहरु कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, आमन्त्रित केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र गोपालकुमार बस्नेत, पूर्व सांसद डिल्ली सिटौला लगायतका नेताहरुले भद्र सहमतिमा नाम उल्लेख नगरिने बताउँदै सहमतिमा बनाइएका तत्कालीन सभापति उद्वव थापा तथा अन्य पदाधिकारीको पनि त्यहाँ नाम उल्लेख नरहेको बताएका हुन् । त्यसबेला भएको नौ बुँदे सहमतिमा शीर्ष चार नेता र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता बुढाथोकीले उद्वव थापाको पालामा झापाको संगठन बलियो भएको दावी गर्दै पार्टीका लागि थापाले आफ्ना महत्वपूर्ण ११ बर्ष खर्चिएको भन्दै धन्यवाद दिनुभयो ।
आफू विश्वप्रकाश शर्माको बुवा सँगसँगै राजनीतिमा हिडेको र त्यहीबेलादेखि शर्मालाई ‘सानो भाइ’ भनेर बोलाउने गरेको उल्लेख गर्दै आफूले यसअघिको कार्यक्रममा मायाले ‘सानो भाइ’ सम्बोधन गरेपनि मिडियाको गलत प्रचारका कारण त्यसलाई गलत रुपमा नबुझ्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयोे ।
‘शर्मा झापाका लागि आशलाग्दा नेता हुन् तर भद्र सहमति कार्यान्वयन नगर्नेलाई पार्टी संगठन जिम्मा लगाउन सकिदैन’– बुढाथोकीले भन्नुभयो–‘अझै पनि केही विग्रिएको छैन, राम कट्टेल पनि पार्टीको नेतृत्व गर्न सक्ने ब्यक्ति नै हुन्, अब दुवै उम्मेद्वारलाई एकै ठाउँमा राखेर सहमतिको वातावरण बनाउन म शर्मालाई आग्रह गर्छु ।’ राजनीतिमा ‘म्याचुयड पन’ देखाएर झापाको नेतृत्व गर्न शर्मालाई सुझाव दिदै नेता बुढाथोकीले चुनावी प्रतिष्पर्धा भएपनि आन्तरिक निर्वाचनको विषयलाई लिएर तिक्तता नराख्न कार्यकर्तालाई अपिल समेत गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं आमन्त्रित केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले भद्र सहमति भएपनि नाम घोषणा गर्न नमिल्ने भएर त्यसबेला भएको नौ बुँदे सहमतिमा कसैको नाम नराखिएको उल्लेख गर्दै सहमति र कर्तब्यमा बाँधिन कांग्रेस प्रवक्ता शर्मालाई आग्रह गर्नुभयो ।
अधिवेशन पार्टीको चाड भएको बताउँदै उहाँले पार्टीको आन्तरिक प्रतिष्पर्धामा सामाजिक सञ्जाल र सार्वजनिक भाषणहरुमा उत्तेजक र पूर्वाग्रहपूर्ण टिप्पणी नगर्न आग्रह समेत गर्नुभयो ।
अर्का विशेष अतिथि गोपालकुमार बस्नेतले १४ औं महाधिवेशनमा पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताउँदै संवैधानिक निकायहरुमा पार्टीको उपस्थिति कसरी बलियो बनाउने रु भन्नेतर्फ ध्यान दिन नेता कार्यकर्ताको ध्यानाकर्षण गराउनुभयो ।
पूर्व सांसद डिल्ली सिटौलाले अहिलेसम्म गरेको कामको योगदान, राजनीतिक परिवेश र झापाको राजनीति सबैलाई हेरेर ‘यत्तिको मान्छेलाई संगठनको हलो दियो भने राम्ररी जोत्छ भनेर देउमानलाई सभापतिमा प्रस्ताव गरिएको हो’ भन्नुभयो ।
क्षेत्रीय प्रतिनिधि एवं जिल्ला, प्रदेश, प्रदेश क्षेत्र र महाधिवेशन प्रतिनिधिका उम्मेद्वारहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले भद्र सहमतिमार्फत निर्विरोध सभापति बनेको प्रमाण आफैं भएको बताउँदै सहमति नै नगर्ने पार्टीका केही ब्यक्तिले उक्त सहमतिलाई मिडियामा ल्याएर संगठनको आन्तरिक गोपनियता भंग गरेको आरोप लगाउनुभयो । यसले पार्टी संगठनको गरिमालाई नबढाउने उहाँको भनाई थियो ।
जिल्ला सभापतिका दुवै उम्मेद्वार आफ्ना उपसभापति भएको बताउँदै सभापति थापाले भन्नुभयो–‘जसले जिते पनि मेरो दुवै हातमा लड्डु हुन्छ । जो आए पनि कांग्रेस नै आउने हो । यहाँ कसैको हार र कसैको जित हुँदैन । निर्वाचन सकिएको भोलीपल्ट अंगालो मारेर सँगसँगै संगठन विस्तारमा जुट्नुपर्छ र विपक्षीसँगको लडाईंका लागि तयार हुनुपर्छ ।’ पार्टीको पुनरताजगी गर्ने लोकतान्त्रिक विधि र प्रक्रिया चुनाव रहेको बताउँदै सभापति थापाले हार र जितको मानसिकतामा नरहन कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
आसन्न अधिवेशनका लागि सभापतिका उम्मेद्वार देउकुमार थेवेले शीर्ष नेतृत्वको साझा समझदारीमा आफूले उम्मेद्वारी दिएको बताउँदै आफू निर्वाचित भएपछि झापा कांग्रेसको शीर निहुरिन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यसअघिका सभापति र अग्रज नेताहरुबाट संगठन कसरी गर्ने, कार्यकर्ताको संरक्षण कसरी गर्ने रु र पार्टीलाई कसरी मजबुद बनाउने रु भन्ने पाठ सिकेको बताउँदै नेता थेवेले संगठनको पहरेदार बन्ने दृढता ब्यक्त गर्नुभयो ।
कार्यक्रम देउमान थेवेको सचिवालय समितिका संयोजक कृष्ण हुमागाईको सभापतित्व र चित्रकला ओलीको सञ्चालनमा सम्पन्न भएको थियो । सो क्रममा सि।के। प्रसाईका छोरा विवेककेशरी प्रसाईले थेवेलाई सफलताको शुभकामना दिदै पुष्पगुच्छा दिनुभएको थियो । पार्टीका पूर्व सचिव सन्तोष मेनेङ्बो, क्षेत्रीय सभापतिहरु जयनारायण शाह, खगेन्द्र मैनाली लगायतको पनि उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअग्रजहरुको शर्मालाई भद्र सहमति नतोड्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img